एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २७ चैत्र। सरकारले चालु आर्थिक वर्षको लागि मंगलबार ४ खर्ब ४ अर्ब ८२ करोड ४७ लाख रुपैयाँको पूर्ण बजेट सार्वजनिक गरेको छ।

राष्ट्रपति डा. रामबरण यादवले मंगलबार बजेट अध्यादेश स्वीकृत गरेपछि अर्थमन्त्री शंकर कोइरालाले चालु आर्थिक वर्षको लागि पूर्ण बजेट सार्वजनिक गरेका हुन्।

सरकारले चालूतर्फ २ खर्ब ७९ करोड १ करोड १२ लाख, पूँजीतर्फ ६६ अर्ब १३ करोड ८६ लाख र वित्तीय व्यवस्थातर्फ ५९ अर्ब ६७ करोड ८८ लाख विनियोजन गरेको छ।

चुनावको लागि भन्दै १४ अर्व रुपैयाको बजेट छुट्याएको छ। सरकारले चुनाव सम्पन्न गर्न ६ अर्ब र चुनावको सुरक्षाको लागि ८ अर्ब रुपैयाँ विनियोजना गरेको छ।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

budget

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस