सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, २६ चैत्र। त्रिभुवन आर्मी क्लव धरानमा जारी १५ औ बुढासुव्वा रेडवुल गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ। धरान १७ एन्फा टेक्निकल सेन्टरमा सोमबार भएको खेलमा चिरप्रतिद्वन्दी मनाङ मर्स्याङदी क्लवलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै आर्मीले सेमीको यात्रा तय गरेको हो।
सुरुवातमा केही कमजोर देखिएको आर्मीका लागि उत्तराद्र्धको १२ मिनेटमा नवयुग श्रेष्ठले गोल गरे। उनले टेकवहादुर वुढाथोकीको क्रसपासलाई दोस्रो वार चेपेर गरेको प्रहार दोस्रो वारमा लाग्दै गोलमा परिणत भयो। उनको गोलसगै आर्मीले शहिद स्मार लिगमा मनांगसंग वेहोरेको हारको वदला दिएको छ।
तस्वीरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम
खेल सुरु भएको १० मिनेटपछि लय फकिएको आर्मीले पाएका दर्जनौ सुनौला मोैका सदुपयोग गर्न नसक्दा १ गोलमै चित्त बुझाउनु परेको थियो। पूर्वाद्धको १४ मी नवयुग श्रेष्ठको क्रस पासलाई सदुपयोग गर्दै टंक वुढाथोकीले गरेको प्रहार पोष्टमाथिबाट बाहिरिएको थियो। पूर्वाद्धकै २० मी राजु तामांगले करिव ३० याडबाट सिधै पोष्टमा गरेको फ्रि किक प्रहार मनाङका गोलरक्षक विशाल श्रेष्ठ पञ्च गरेर रोकेका थिए।
२४ औ मिनेटमा मनाङ डिफेन्स अगाडि बढेका अवस्थामा पाएको वान भर्सेज वानको मौका नवयुग श्रेष्ठले सदुपयोग गर्न सकेनन्। उनको प्रहार मनाङ गोल रक्षक विशाल श्रेष्ठ रोकेका थिए। शहिद स्मारलिगमा तेस्रो भएको आर्मीले मध्यान्तरपछि थप आक्रमक भए पनि स्कोर भने थप्न सकेन। आर्मीका लागि उत्तराद्र्धको ९ मी राजु तामाङको पासलाई सदुपयोग गर्दै भरत खवासले सानो डि बक्सबाट पहिलो बार चेपेर गरेको प्रहारले गोलको दिशा दिन सकेन। १८ मीनेटमा टंक वहादुरको पासमा टेक वहादुर वुढथोकीको आकर्षक हेडिङ प्रहारले जाली चुम्न सकेन भने टंक वस्नेतको हेडिङं प्रहार मनाङं किपरले रोके फर्किएको वल भरतले गरेको प्रहार मनाङ किपरले नियन्त्रणमा लिएपछि आर्मीले १ गोलमै चित्त बुझाउन वाध्य भयो।
गत वर्षको उपवजेता तथा दुई पटकको विजेता मनागले राम्रो मौकाको सदुपायोग गर्न नसक्दा गोल्डकपबाट पहिलो पटक पहिलो चरणबाट वाहिरिन बाध्य भयो। खेलाडी बिचको आपसी तालमेल नमिल्दा वुढासुब्बा गोल्ड कपको उपाधिमा ह्याट्रिक गर्न सपना अधुरै रह्यो मनाङका । मनाङ यस अघि १३ औ र छैटौ गोल्डकपको उपाधि जिति सकेको छ भने यो सिजनमा समेत सफल पोखरा कप र सिमरा कप समेत उचालेको मनाङको यो सिजनमा नकआउट प्रतियोगिताको उपाधिमा समेत ह्याट्रिक गर्ने सपना अधुरै रह्यो। सुरुवाती राम्रो गरको भए मनाङका सुलभ मास्केले पूर्वाद्धको ७ मीनेटमा पाएको वान भर्सेज वान गोललाई सदुपयोग गर्न सकेनन् भने १९ मी अनिल गुरुङको पासमा सुलभ मास्केले गरेको आकर्षक प्रहार पोष्ट नजिकैबाट वाहिरियो। उत्तरार्धको ४० मी सुजल श्रेष्ठको पास सुलभ मास्केले सानो डि बक्सबाट गरेको प्रहार पोष्ट माथि बाट वाहिरियो भने ४२ मिनेटमा सुलभ मास्केको पासमा सुजल श्रेष्ठले गरेका हेडिङ प्रहार सफल हुन सकेन।
लिगमा खेलेको सेट नभएको कारण नयाँ खेलाडी भएकोले टिम सेट हुन नसकेको तथा पाएका मौका सदुपयोग गर्न नसक्दा पराजित हुनु परेको मनाङका प्रशिक्षक छिरिङ लोप्साङले प्रतिक्रिया दिए। नयाँ सिजन सुरु हुन लागेकोले आफ्नो टिम लिग खेलेका विदेशी खेलाडी नहुदाको फाइदा आर्मीले उठाएको उनले वताए। १५ औ संस्करण सम्म गोल्डकपको उपाधि हात पार्न नसकेको आर्मी स्ट्राइकर भरत खवासले मनाङसंग लिगमा हारेका वदला लिएको खुसी लागेको प्रतिक्रिया दिए। उनले खेल राम्रो खेलेको भए पनि पाएका मौका सदुपायेग गर्न नसक्दा स्कोर गर्न नसकेको बताए।
म्यान अफ दि म्याच मनाङका विशाल श्रेष्ठ भए। उनलाई सुनसरी टेक्निकल कलेज धरानका अध्यक्ष लेखिराज सुव्वाले नगद ५ हजार प्रदान गरे। भोलि मंगलबारको खेल हङकङ नेपाली महासंघ र नेपाल पुलिस क्लवबीच हुनेछ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b