सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
धरान, २५ चैत्र। साविक विजता थ्री स्टार कल्वमा धरानमा जारी १५ औ वुढासुव्वा रेडवुल गोल्डकपको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। आइतबार धरान १७ स्थित एन्फा खेल मैदानमा भएको खेलमा पोखराको सहारा कल्वलाई सडेन डेथमा पराजित गर्दै थ्री स्टारले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।


तस्वीरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम

निर्धारित समयमा एक एक गोलमा खेल बराबरीमा राकिएपछि भएको ट्राइवेकरमा पनि बराबरी भएपछि सडेन डेथमा सहारालाई ६–५ गोल अन्तरले पराजित गर्दै लिग विजेता थ्री स्टारले विजय सुनिश्चत गरेको हो। जितसगै थ्री स्टारले यो सिजनको नकआउट प्रतियोगितामा समेत ह्रयाट्रिक गरेको छ। उसले आहा रारा गोल्डकप र उपयपुर गोल्डकपको उपाधिसमेत जिति सेकेको छ।

थ्री स्टारको जितको लागि सडेन डेथमा भिक्टर आमोबी अनिल गुरुङ र किरण चेम्जोङले गोल गरेका थिए। यता सहाराका दिपक गुरुङ र दिलवहादुर तामाङले मात्र गोल गरेका थिए भने मनिष गुरुङले गोल गर्न नसक्दा गोल्डकपबाट वाहिरिनु परेको थियो। ट्राइबेकरमा भने थ्री स्टारका विष्णु सुनुवार विजय धिमाल, विजय गुरुङले गोल गरे भने फेमी जोस्ना एन्नाजी भिक्टर गोल आउट भएको थियो भने सहाराका सोलुको पेनाल्टी प्रहार थ्री स्टारका रक्षक किरण चेम्जोङले रोकेका थिए। यता ट्राइबेकरमा सहाराका हेम तामाङ, हेम गुरुङ अकिमले गोल गरेका थिए।

यस अघिको प्रतिष्पर्धात्मक खेलमा सहाराका सुवास गुरुङले ३४ मी नेटमा गरेको एक गोल ले आहा रारा कपमा भोगेको पराजयको वदला लिन सफल भएको हो। उनले हेमन्त गरुङको पासमा गोल गरेका हुन्। उनले विपक्षी गोल रक्षक किरण चेम्जोङलाई छक्याएर गोल गरे। ५ पटक गोल्डकपको उपाधि हात पारिसकेका थ्री स्टार रक्षक किरणको मिस जर्जमेन्टका कारण गोल खाएको थियो।

गुरुङको गोलसगै पूर्वाद्धमा १ शून्यले अगाडि रहेको सहाराले उत्तराद्र्धको इन्जुरी समयमा गरेको एक गल्तिको फाइदा उठाउदै थ्री स्टारले खेल बराबरीमा पुर्याएको थियो। समय सकिन केही सेकेण्ड मात्र बाँकी रहेको अवस्थामा सन्दिप राईले डि वक्स एरियामा दिएको थ्रो पासलाई सदुपयोग गर्दै म्यान अफ दि म्याच किरण चेम्जोङले हेड मार्फत गोल गरेका थिए।

लिग सकिएपछि कुनै प्रतियोगितामा सहभागी नभएको तथा प्रशिक्षण समेत नभएको कारण आज को खेलमा केही समस्या भएको थ्री स्टारका प्रशिक्षक प्रदिप हुमागाईको प्रतिक्रिया थियो। उनले वल होल्ड गर्न नसकेको तथा मिडमा केही समस्या देखिएको कारण स्कोर गर्नबाट चुकेको वताए। यता सहाराका किरण श्रेष्ठले भने रिफ्रीको गलत निणर्यका कारण आफूहरुले जिति सकेको खेल हारेको आरोप लगाए। उनले अन्तिम ७ मिनेट इन्जुरी समय देखाएर ९ मी खेल खेलाएको कारण आफूहरु पराजित भएको दावी गरे। म्यान अफ द म्याच चेम्जोङले नगद ५ हजार हात पारे। भोलि सोमवारको खेल मनाङ मर्स्याङ्दी र आर्मी क्लवबीच हुने आयोजकले जनाएको छ।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस