डीबी आङबुङ / एचकेनेपाल डट कम-
काठमाडौं, २५ चैत्र। नेकपा माओवादी, संघीय मञ्चलगायत ३३ दलले आह्वान गरेको नेपाल बन्दले सर्वसाधारणको जनजीवन अस्त व्यस्त बनेको छ।

एकात्मक चारदलीय सिण्डिकेट, राष्ट्रपतिको राष्ट्रघाति कदम र प्रन्या खिलराजको चुनावी सरकारविरुद्ध अग्रगामी ३३ दलको आह्वानमा नेपाल बन्द गरिएको हो।

बिहानैदेखि गरिएको नेपाल बन्दमा कुनै पनि सार्वजानिक तथा नीजी सवारी साधनहरु चेलेका छैनन्। सबै पसल तथा कार्यालयहरु पूर्णरुपमा बन्द छन्।

काठमाडौं-ललितपुरको सातदोबाटो क्षेत्रमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद र नेकपा–माओवादी सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको नेतृत्वमा नेपाल बन्द सशक्त पारेको छ।

तस्वीरहरुः डीबी आङबुङ



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस