Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

श्रीमद्शालग्राम ज्ञानमहायज्ञमा ५० लाख संकलन

एचकेनेपाल डट कम संवाददाता-
पर्वत, २ चैत्र । पर्वत र बागलुङ जिल्लाको सिमावर्ती क्षेत्र पर्वतको सदरमुकाम कुश्मा नजिकै रहेको मोदीवेनीमा आयोजना गरीएको नेपालकै पहिलो श्रीमद्शालग्राम ज्ञानमहायज्ञको छैटौ दिनसम्म सवा लाख भन्दा बढी श्रद्धालु तथा भक्तजनहरुले सहभागिता जनाएका छन्।

शालग्राम प्रभुको महिमा र त्यसको संरक्षण, लक्ष्मीनारायण र नृसिंह मन्दीरको सम्बर्द्धन साथै मादीवेनी क्षेत्रमा समाधिस्थाल, बृद्धाश्रम, वेदविद्याश्रम, बृहद संसंग भवन स्थापनार्थ महायज्ञको आयोजना गरिएको हो।

महायज्ञको पाँचौ दिन महायज्ञको लागि बनेका आयोजक सदस्य, मोदीवेनी क्षेत्रमा भवन निर्माणको लागि विभिन्न श्रद्धालुहरुवाट गरेको वोल कवोलको साथै संकलन भएको नगदसम्म करीव ५० लाख संकलन भएको आयोजकले जनाएको छ।

महायज्ञमा पर्वत जिल्ला चुवा गाविस-५ घरभई व्यापारीक र सामाजिक क्षेत्रमा क्रियाशिल भानुभक्त सुवेदीले १ लाख ५१ हजार, शिवालय गाविस-४ कुश्मामी समाजसेवी मानकुमारी गिरीले १ लाख १५ हजार र तिलाहार गाविस-३ गिज्यानका पूर्व जिल्ला विकास समितिका सभापति देवेन्द्र विक्रम महतले १ लाख ११ हजार नगद दान गर्नुभएको आयोजकले जनाएको छ।

महायज्ञमा असम्भवको रुपमा देखिएको सवालाख गौमाताको दुधद्वारा १ सय आठ शालग्रामको साथै कृष्णागण्डकीमा अभिषेक गर्ने आयोजकको योजना सफल हुनेभएको छ। नेपालका चितवन, पोखरा, बुटवल, हेटौडा लगायत अन्य विभिन्न जिल्लाहरुवाट गरि सवालाख गौमाताको दुध यज्ञ स्थालमा आईपुगेको मुल समारेाह समितिका अध्यक्ष कृष्णप्रसाद लम्सालले जानकारी दिनुभयो। सवा लाख गाईको दुधले अभिषेक गर्ने लक्ष्य रहेकोमा अहिले सम्मको डाटा अनुसार दइ लाख भन्दा बढीको दुध प्राप्त हुने भएको छ।

भारतका विभिन्न क्षेत्रको साथै नेपालका विभिन्न जिल्लाहरुवाट अझै पनि दुध आउने क्रम जारी रहेको छ।

विश्वमै नेपालको कृष्णागण्डकी नदीमा मात्र पाईने विष्णु अवतार शालग्राम प्रभुको धार्मिक महत्वको व्याख्याको साथै महायज्ञमा नेपालकै प्रथम जगतगुरु अनन्तश्रीविभुषित श्री वालसन्तमोहनशरण देवाचार्यजी महाराजले विश्वकै नेपालको कालीगण्डकी (कृष्णागण्डकी) नदीमा मात्र पाईने कालो र चिल्लो वस्तु सर्वेश्वर शालग्राम प्रभुको व्याख्या गर्नुको साथै आर्शिवचन प्रदान गर्नुभएको छ। कालीगण्डकी र मोदी नदीको संगमस्थल मोदीवेनी घाटमा आयोजना गरिएको उक्त महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले भागवत कथा प्रवचन गर्नुभएको छ।

परापूर्वकालदेखि ऐतिहासिक पवित्र तीर्थस्थलको रुपमा रहदै आएको मोदीवेनी दिब्यधामलाई अक्षुण राख्दै धार्मिक तथा पर्यटकीयस्थलको रुपमा बिकास गर्ने उद्धेश्यले महाराजजीको सत्संकल्प तथा मोदीवेनी दिव्य धामको आयोजनमा उक्त बैदिक महायज्ञ हुनलागेको हो।

महायज्ञले शालग्राम शिलाको महत्व बढाउनुको साथै धार्मिक तथा आध्यात्मिक महत्वको मोदीवेनी दिव्य धामको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा थप परिचित हुने बिश्वास आयोजकको छ। महायज्ञमा अनन्तश्रीविभुषित श्री वालसन्त मोहनशरण देवाचार्यजीमहाराजले शालीग्रामको साथै कालीगण्डकी नदीको महत्व तथा नेपालका अन्य तीर्थस्थलबारे समेत ब्याख्या गरिरहनुभएको छ।

महायज्ञ चैत ६ गतेसम्म उक्त महायज्ञ अबधिभर १ लाख २५ हजार भन्दा बढी गाईको दुधद्वारा अभिषेक गरिनेछ। ‘९ दिनसम्म बिहान ८ देखि ११ बजेसम्म बैदिक बिधिअनुसार यज्ञको होम पाठपारायण, नियमित पुजा अर्चनाको साथै सवालाख गौमाताको दुधद्वारा १ हजार ८ शालग्राम प्रभुलाई अभिषेक गरिरहेको प्रचार संयोजक भवानीप्रसाद शर्माले वताउनुभयो।

मोदीवेनीमा भगवान् बिष्णुका १० अवतारमध्येको नृसिंह अवतारको ऐतिहासिक मन्दिरका साथै यस मन्दिरको पश्चिमपट्टिको बागलुङ नारायणस्थान गाविस-९ मा लक्ष्मीनारायण मन्दिर र राधाकृष्ण मन्दिरकासाथै दक्षिणपट्टि पर्वतकै मुडिकुवा गाविसको गौरीशंकर भगवान्का ऐतिहासिक तथा पुरातात्विक मन्दिरहरु छन। यस्तै गुप्तेश्वर गुफा, अल्पेश्वर गुफा नेपालको अग्लो झोलुंगे पुलपनि मोदीवेनीसंगै छन्।

हिमालय पर्वत श्रृंखलाको काखमा रहेको प्रसिद्ध तीर्थस्थल दामोदर कुण्ड र मुक्तिनाथबाट उद्गम भै कागवेनी, राहुघाट, गलेश्वर, पुलाश्रम, सहस्रधारा, गुप्तेश्वरजस्ता पतित् पावन तीर्थस्थललाई स्पर्श गर्दै असंख्या शालग्रामलाई आफ्नो गर्भमा धारण गर्दै अविरल बगेकी श्रीकृष्णगण्डकी शालग्राम क्षेत्रको रुपमासमेत श्रीमद्भागवत महापुरारण प्रख्यात छ।

मोदीवेणीमा अन्तिम दाहसंस्कार, विभिन्न चार्डपर्वमा स्नान गरी बैकुण्ठ लोक प्राप्तिका लागि पिण्डदान, दानादर्ीकर्म गर्न पर्वत, कास्की, स्याङजा, बागलुङलगायतका जिल्लाबाट श्रद्धालु आउछन्। यहाँ अन्तेष्टी गरेमा मृतआत्माले मोक्ष एवं उत्तम गति प्राप्त हुने जनविश्वास छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by