एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २४ चैत्र। नेपाल खेलकुद पत्रकार मञ्चको शनिबार सम्पन्न नवौं साधारण सभाले अजय फुयालको अध्यक्षतामा ११ सदस्यीय केन्द्रिय कार्यसमिति निर्वाचित गरेको छ। मदतानबाट फुयाल निर्वाचित भए। हिमेशरत्न बज्राचार्य अध्यक्षका अर्का प्रत्यासी थिए।

प्रथम उपाध्यक्षमा ध्रुब तुलाधर, महासचिवमा महेश आचार्य, सचिवमा प्रकाश तिमिल्सना, कोषाध्यक्षमा प्रमोद पोखरेल निर्विरोध निर्वाचित भए। दुई महिला सदस्यमा पवित्रा राउत र प्रतिक्षा दुलाल निर्विरोध चयन भए। दुई उपाध्यक्षमा दुर्गानाथ सुवेदी (देवेन्द्र) र रितेश रिजाल विजयी भए। श्रीलोचन राजोपाध्यक्ष उपाध्यक्षका अर्का प्रत्यासी थिए। दुई सदस्यमा राजु घिसिङ र प्रज्जवल ओली निर्वाचित भए। सदस्यमा अन्य दुई गोविन्द रेग्मी र राजेन्द्र चापागाई प्रत्यासी थिए।

शनिबार नै बसेको मञ्चको नवनिर्विचित केन्द्रिय समितिको बैठकले हिमेशरत्न बज्राचार्यलाई सदस्यमा मनोनित गरेको छ। १५ सदस्दीय कार्यसमितिमा दुई सदस्य पछि मनोनयन गरिनेछ। मञ्चको विधान अनुसार निर्वतमान अध्यक्ष नीरञ्जन राजवंशी कार्यसमितिमा रहनेछन्।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रकाश थापा प्रमुख रहेको निर्वाचन समितिमा शेषराज खतिवडा, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव दीपक श्रेष्ठ निर्वाचन अधिकृत थिए।

नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले साधारण सभाको उद्घाटन गरेका थिए।

नेपाल खेलकुद पत्रकार मञ्चको नवनिर्वाचित केन्द्रिय समिति
१. अध्यक्ष – अजय फुयाल
२. निर्वतमान अध्यक्ष – निरञ्जन राजवंशी
३. प्रथम उपाध्यक्ष – ध्रुब तुलाधार
४. उपाध्यक्ष– दुर्गानाथ सुवेदी (देवेन्द्र)
५. उपाध्यक्ष – रितेश रिजाल
६. महासचिव – महेश आचार्य
७. सचिव – प्रकाश तिमल्सिना
८. कोषाध्यक्ष – प्रमोद पोखरेल
९. सदस्य – पवित्रा राउत
१०.सदस्य – प्रतिक्षा दुलाल
११. सदस्य – राजु घिसिङ
१२. सदस्य – प्रज्वल ओली
१३. सदस्य – हिमेशरत्न बज्राचार्य

दुई सदस्य मनोनयन गर्न बाँकी



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस