सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, २४ चैत्र। पन्ध्रौ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकपको उद्घाटन खेलमा भुटानको सिएफसीलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै आयोजक धरान फुटबल क्लबले विजयी सुरुवात गरेको छ।


शनिबार एन्फा टेक्निकल सेन्टर धरानमा सुरु गोल्डकपमा आयोजकका लागि मध्यान्तरअघिको सातौं मिनेटमा प्रकाश बुढाथोकीले गरेको सुन्दर प्रहार गोलमा परिणत भएपछि पूर्वाद्धमा धरान अग्रता लिएको थियो। एक गोलले पछि परेपछि केही आक्रमक भएको भुटान मध्यान्तर अगाडीको इन्जुरी समयमा पाएको पेनाल्टी सदुपयोग गर्दै भुटानका सोरागंले गोल गरेर खेल बराबरीमा पुर्याएका थिए। मध्यन्तरमा अघि खेल बराबरीमा सकिएको थियो।


तस्वीरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम

मध्यान्तर पछिको ३४ मिनेटमा धरानका जर्सी १० सेगनले एकल प्रयासमा गोल गरे। उनले दोस्रो वार चेप्दै गरेको प्रहार गोलमा परिणत थियो। उनको गोलसगै धरानको जित सुनिश्चित भएको थियो। उद्घाटन खेलको म्यान अफ दि म्याच धरानका प्रकाश बुढाथोकीले नगद ५ हजार पाए।

भोलि आइतवारको खेल साविक विजेता थ्री स्टार र सहारा कल्व पोखराबीच हुनेछ। गोल्डकपको उद्घाटन राष्ट्यि खेलकुद परिषदका सदस्य सचिव युवाराज लामाले गरेका थिए। उद्घाटनको अवसरका विभिन्न खेल तथा जात जातिका झाँकी र मार्च पास गरिएको थियो। सो अवसरमा धरान फुटवल क्लवले धरान युके फोरम, सुनसरी जिल्ल्ला खेलकुद समितिका सदस्य सचिव कुमार प्रसाद पोख्रेल, खेलाडीहरु निर्मल इजम लिम्कु चन्द्र कला राई लिला तामांग र जिना सुब्बालाई सम्मान गरेको थियो।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस