सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, २३ चैत्र। सिएनएन हिरो–२०१२ पुष्पा बस्नेतलाई शुक्रवार धरानमा नागरिक सम्मान गरिएको छ। धरानको विकास निमार्ण तथा प्रचारप्रसारको लागि हालै नागरिक स्तरबाट गठन भएको धरान स्वतन्त्र समाजको आयोजनामा वस्नेतलाई सम्मान गरिएको हो।
बस्नेतलाई धरानको तीनकुनेदेखि धरानको परिक्रममा गर्दै धरान समागृहमा आयोजित कार्यक्रममा सम्मान गरिएको थियो। उनलाई समाजका संरक्षक विनोद राई समाजका अध्यक्ष गोैरीशंकर अग्रवाल र सचिव अजय राईले सम्मान पत्र तथा खदा ओडाएर सम्मान गरेका थिए।
सोही अवसरमा बस्नेतलाई नेवार एकता समाज, ब्राम्हण समाज, सम्यक शिक्षा समूह लगायतका एक दर्जन संस्थाले सम्मान गरेको थियो। सो अवसरमा हङकङमा रहेका नेपालीहरुको साझा संस्था हङकङ नेपाली महा संघ समेत बस्नेत तथा धरान रहेर समाज सेवामा कार्यरत विभिन्न संघ संस्था तथा व्यक्तिहरु तथा महासंघको गीतमा स्वर दिने गायक सुमित खड्का, रचना कार नवराज सुव्वा तथा संगीतकार शक्ति वल्लभलाई सम्मान गरेको थियो भने समाजले महासंघका अध्यक्ष प्रदीप थापा धरानको विकास निमार्ण विभिन्न क्षेत्रवाट सहयोग गर्ने एक दर्जन व्यक्तिहरुलाई समेत सम्मान गरेको थियो।
सम्मानपछि वोल्दै सिएनएन हिरो वस्नेतले राजनीतिक अस्थिरताले काम गर्न कसैलाई नछेक्ने वताईन्। बस्नेतले राजनीतिक अस्थिरताको कुरा उठाएर पन्छिए उसले जीवनमा कहिल्यै सफलता प्राप्त गर्न नसक्ने वताइन्। स्वार्थरहित समाजको निर्माणका लागि राज्यका हरेक तह र तप्काबाट निस्वार्थ भावले काम गर्नुपर्नेमा उनको जोड थियो। सिएनएन हिरो आफू नै हुन्छ भन्ने नलागेको बताउदै यो अवार्ड पाएर नेपालको नाम विश्वमै राख्न सकेकोमा गर्व लागको वताइन्। समाजसेवा गर्न राजनीति नै गर्नुपर्छ भन्ने मान्यताबाट माथि उठेर धरान स्वतन्त्र समाजले गरेको कामको अनुसरण गरे मुलुकको भविष्य उज्वल हुने उनको दाबी थियो।
शिक्षा, स्वास्थ्य, वातावरण तथा खानेपानी, समुन्नत विकासका लागि संगठित छौं धरानबासी भन्ने मूल नारा साथ तीन महिना अगाडि गठन भएको समाजका संरक्षक विनोद कुमार राईले नारा अनुसारको काम गर्न आफूहरु अग्रसर हुने प्रतिवद्धता व्यक्त गरे। समाजका अध्यक्ष गौरीशंकर अग्रवालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा हङकङ महासंघका अध्यक्ष थापा लगायतले वोलेका थिए।
भिडियो तस्वीरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b