एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ६ चैत्र । एएफसी च्यालेन्ज कप प्रतियोगितामा तुर्किमेनिस्तानलाई पराजित गर्दै उत्तर कोरियाले उपाधि रक्षा गरेको छ। दशरथ रंगशालामा सोमवार भएको फाइनल खेलमा तुर्किमेनिस्तानलाई २-१ ले पराजित गर्दै डिफेण्डिङ च्याम्पियन उत्तर कोरियाले उपाधि जितेको हो।
तुर्किमेनिस्तानले दोस्रो मिनेटमा नै गोल गरेर अग्रता लिएपनि उत्तर कोरियाका जोङ इलले ३६ औं मिनेटमा गोल बराबरी गरेका थिए। ८४ औं मिनेटमा जोङ साङले गरेको सुन्दर र निर्णायक गोलले फेरि पनि उत्तर कोरियालाई जीत दिलाएको हो। सन् २०१० मा पनि उत्तर कोरियाले तुर्किमेनिस्तानलाई पराजित गरेको थियो।
त्यसैगरी, सोमवार नै भएको एएफसी च्यालेन्ज कप प्रतियोगितामा प्यालेस्टाईनलाई ४–३ ले पराजित गर्दै फिलिपिन्सले तेश्रो स्थान हात पारेको छ।
खुसिको क्षण, उत्तर कोरियाका खेलाडी तथा पदाधिकारीहरू ट्रफीका साथ।
तस्वीरहरूः उमेश पुन / एचकेनेपाल डट कम
तेश्रो स्थानका लागि भिड्दै फिलिपिन्स (सेतो जर्सी) र प्यालेस्टाईनका खेलाडीहरू
AFC Challenge Cup 2012 Final:
AFC Challenge Cup 2012 (PALESTINE-3 vs PHILIPINES- 4)
