Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

जोन अब्राहम धरौटीमा रिहा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २६ फागुण । प्रहरी हिरासतमा रहेका बलिउड अभिनेता जोन अब्राहम जमानतमा रिहा भएका छन्। उनी २० हजार धरौटी तिरेर शुक्रवार साँझ रिहा भएका हुन्।

यसअघि, ३९ वर्षीय अब्राहमलाई सन् २००६ मा लापरवाही ढंगले मोटरसाइकल चलाएर दुई जनालाई घाइते बनाएको अभियोगमा दोषी ठहर गर्दै १५ दिनको जेल सजायको फैसला गरेको थियो।

द्रुत गतिमा मोटरसाइकल चलाउन रूचाउने अब्राहमलाई मेट्रोपोलिटन न्यायालयले गरेको १५ दिनको कैद फैसला मुम्बई सेसन कोर्टले सदर गरेको थियो।

सुरूमा अब्राहमले उनका सहयोगी वकिलमार्फत जेल सजाय कम गर्न मुम्बई उच्च अदालतमा अपिल गरेपनि अदालतले उनको अपिल अस्वीकार गरेको थियो।

अदालतको फैसलालगत्तै उनी मुम्बई प्रहरीको हिरासतमा थिए। (एजेन्सीहरूको सहयोगमा)

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.
 
 

About the author

More posts by