एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २१ चैत्र। एसीसी ट्वान्टी ट्वान्टी क्रिकेटको फाइनल खेलमा नेपाल अफगानिस्तानसंग ७ विकेटले पराजित भएको छ। यो जितसंगै लगातार चौथो पटक अफगानिस्तानले एसिसी ट्वान्टी २० कप उपाधि जितेको छ।

फाइनलमा नेपालले दिएको १ सय ३६ रनको लक्ष्य अफगानिस्तानले १७ दशमलब ५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो। खेलमा कप्तान पारस खड्काले ५०, विनोद भण्डारीले ३२ र शरद भेषावकरले नटआउट २० रनको योगदान गरेपछि नेपालले खराब प्रदर्शनका बाबजुत राम्रो योगफल बनाएको थियो भने सुवास खकुरेल र ज्ञानेन्द्र मल्ले १० रन बनाएका थिए। नेपालले १७ रन हुँदा प्रदीप ऐरी र २३ रन हुँदा ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो।

म्यान अफ दि फाइनल अफ्गानिस्तान गुलबुद्दिन नाइब भएका छन्। उनले ३ हजार अमेरिकी डलर पुरस्कार पाएका छन्। हङकङका भोकस उत्कृष्ट ब्याटसम्यान भएका छन्। उनले २८० रन बनाएका थिए। म्यान अफ दि सिरिज पारस खड्का घोषित भएका छन्। उनले उत्कृष्ट नेपाली खेलाडीको लागि गोल्छा अर्गनाइजेसनद्वारा प्रदान गरिने पल्सर बाइक पुरस्कार प्राप्त गरेका छन्।



तस्वीर सौजन्यः कृष्ण ढुंगाना @kpdhungana



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.