केजिन राई / एचकेनेपाल डट कम-
ब्रसेल्स बेल्जियम, २ अप्रिल। नेपाल र नेपाली कै गौरब बढाउदै प्रतिभाशाली नेपाली चेली फुर्वा लामा शेर्पा ‘मिस फ्रुट बेल्जियम २०१३’ को फाईनल चरणको प्रतिस्पर्धामा पुग्न सफल भएकी छिन्।

यूरोपको राजधानी मानिने बेल्जियमस्थित राष्ट्रिय स्तरको सोन्दर्य प्रतियोगिता आयोजना गर्ने संस्था मिस आईटम्सले हरेक बर्ष आयोजना गर्ने बिभिन्न बिधा अन्तर्गतको एक हो यो मिस फ्रुट बेल्जियम २०१३ उपाधिको सुन्दरी र सौन्दर्यता प्रतियोगिता।

अन्दाजी ८/९ हजारको संख्यामा नेपाली बसोबास गर्ने सानो र सुन्दर तथा यूरोपेली समुदायकै आकर्षक गन्तब्य मुलुक बेल्जियममा अघिल्लो चरणको ६ प्रतिस्पर्धीलाई उछिन्दै फुर्बा लामा शेर्पा फाईनल चरणमा प्रबेश गर्ने एकमात्र नेपालकी छोरी हुन्। तसर्थ नया युबापुस्ताले फुर्बालाई निकै उत्साह र कौतुहलताका साथ हेरेका छन् भने नेपाली भएकै कारण पनि बेल्जियमभरका त्यो पुस्ताले नेपाल र नेपालीबारे झनै चासो राखेको पाईयो।

क्याथोलिक बिद्यालय लुभेनका बिद्यार्थी केयमन कुनले यस समाचारदातासंग लुभेन सेन्ट्रुममा अगाडि सोधे ‘तपाईं नेपाली हो? मिस फ्रुट बेल्जियममा फाइनलमा रहेकी फुर्बा लामालाई चिन्नु हुन्छ? नेपाल भन्ने देश कहाँ छ? कस्तो छ?’ आदि आदि। यो प्रश्नको सामान्य उत्तर नदिदै म आँफै नेपाली भएकोले छाती फुलेर आयो, उनको कुरा सुनेर गर्ब महसुस र गदगद हुँदै आफ्नो बाटो लागियो। कारण उनै नेपालकी छोरी फुर्बा थिईन्।

रामेछापको गुम्देल पुर्ख्यौली घर भएकी फुर्बाको बुवा सोनाम शेर्पा बेल्जियममा रहेको एक नामुद ब्यापारी र समाजसेवी हुन् भने आमा र अन्य दिदीबहिनीका साथ लुभेनमा बस्ने उनी केसेल्लोस्थित सेन्त जोसेफ उच्च बिद्यालयमा ११ कक्षामा अध्ययनरत छिन्।

१७ बर्षकी फुर्बा ६ बर्षअघि मात्र नेपालबाट बेल्जियम प्रबेश गरेकी हुन् तसर्थ हामीले सजिलै अनुमान गर्न सकिन्छ कि छोटो समयको अन्तरालमा नै भाषामा पोख्त भएर पुरै बेल्जियमको राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्नु र फाईनल चरणमा पुग्नु लुकेर बसेको प्रतिभा प्रष्फुटन हुने ठाउँ पाउनु पनि हो।

बेल्गाकम फोनमा यस समाचारदातासँग कुरा गर्दै नेपाली प्रतिभा फुर्बा लामा शेर्पाले भनिन्- ‘नेपाल र नेपाली कै इज्ज्यत बढाउन लागि परेको छु भाग्यमै सबै कुरा निर्भर हुन्छ। नेपालबाट आएर निकै मेहेनत गरेकीछु म आफ्नो उद्देश्यमा सफल भएको खण्डमा नेपालमा रहनुभएका असहाय र दुखी बृद्धा तथा, अनाथ बाल-बालिकालाई हेरचाह र सहयोग गर्ने मनभित्र कै चाहना छ। यसको लागि नेपाल नै फर्कन तयार छु कालान्तरमा।’

समग्रमा मैले सफलता र जित हासिल गर्नु समग्र नेपाल र नेपाली कै नाम उचाईमा पुर्‍याउनु हो। त्यसको निम्ती मैले निकै मेहेनत गरेकी छु अब अनलाईन भोटिङ भने संसारभर रहनु भएका नेपालीहरूको हातमा निर्भर रहेको छ। तसर्थ नेपालको नाम चिनाउन सबैले मलाई मत दिनु होस् फुर्बाले आग्रह गरिन्।

मिस नेपाल जस्तै आयोजना हुने यो प्रतियोगिता गत सालको सेप्टेम्बर महिनाबाट प्रारम्भ भएको र प्रतियोगिताको बिभिन्न चरण पार गर्दै ८ माहिनापछि आगामी अप्रिल १४ मा सकिदै छ भने अनलाईन मत १० अप्रिलसम्म मात्र दिन सकिनेछ।

आज सम्म भोटिङ नतिजाको आधारमा नेपाली चेली फुर्बा पाँचौ स्थानमा रहेकी छिन्। उनलाई यो अन्तिम हप्तामा अनलाईन भोटिङको आवश्यकता रहेको र फाईनल चरण भएकोले हाम्रो १ भोटले बिजयी बन्न सक्ने छिन्। आफ्नो करियर बनिसकेपछि समाजसेवा गर्ने तीब्र आकाङ्क्षा बोकेकी फुर्बाको जित नेपाल र नेपाली कै शान हुनेछ। तसर्थ, आफ्नो मूल्यवान भोट दिएर बिजयी बनाऔ, नेपालीको शिर उच्च बनाऔं।

भोट दिने तरिका:
PLEASE VOTE for Phurba Lama, Contestant number 9
www.missitems.be
Only 1 vote per pc
You can vote from wherever you’re.
POLLS > Click on Miss Fruit Belgium 2013
Type your Name and E-mail
You will see the photo’s of the contestants.
Click on contestant number 9 Phurba Lama
Click on STEM



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस