एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २० चैत्र। एसीसी ट्वान्टी ट्वान्टी क्रिकेट खेलमा प्रतियोगिताकै दाबेदार टिम मानिएका युएईलाई ६ विकेटले हराउंदै नेपाल फाइनलमा पुगेको छ।

त्रिवि मैदान किर्तिपुरमा मंगलवार भएको सेमीफाइनल खेलमा १ सय ३४ रन लक्ष्य पच्छ्याएको नेपालले ४ विकेटको क्षतिमा १९ दशमलब १ ओभरमा लक्ष्य भेट्टाएको थियो।

नेपालका लागि प्रदीप ऐरिको सर्वाधिक ५८ को रनको मद्दतले युएईलाई पराजित गरेको थियो। खेलमा सुवास खकुरेलले २२, ज्ञानेन्द्र मल्लले २०, विनोद भण्डारीले १६, कप्तान पारस खड्काले १२ रनको योगदान गरे।

उपाधिका लागि नेपालले भोलि बुधवार अफगानिस्तानसंग खेल्नेछ।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस