एचकेनेपाल डट कम संवाददाता-
जापान, थकाली सेवा समिति जापानले मार्च ३१ तारिख आईतबारका दिन थकाली जातिको महान चाड ‘तोरन्ल्ह’को उपलक्ष्यमा बिधिपूर्वक थकाली देवताको पूजाआजा कार्य तथा परम्परागत धनुष खेल प्रतियोगिता वृहत रुपमा सम्पन्न गरेको छ।
कानागावा प्रिफेक्चरस्थित तोचुका नामक आर्चरि खेल मैदानमा बिहानको १० बजेदेखि बेलुका ४ बजेसम्म जापानमा पहिलो पटक आयोजित उत्त कार्यक्रममा गौचन, शेरचन, तुलाचन र भट्टचन बिचको अन्तरचन धनुषखेल प्रतियोगिता अति नै सौहार्दपूर्ण बातावरणमा भब्यताका साथ आयोजना भएको हो।
कार्यक्रमको शुरुआतमा थकालीको भेषभूषा नोकोनचोलोले सजिएकी दिदिवहिनीहरुद्धारा थकालीको चार देवता र ईष्ट देवी नरिझ्यवको धुब प्रजल तथा विधिपूर्वक पुजाआजा गरिएको थियो। त्यस पश्चात कन्या बालक समिप गौचनले बाण हान्ने खोलमा पूजा पाठको सुरु गर्दै समितिका अध्यक्ष शरद कुमार गौचनले उदघाटन गर्नु भएको थियो। थकाली पोशाक दौरा, सुरुवाल र टोपिमा सजिएका थकाली भाषा बिज्ञ अनिल भट्टचन, राजकुमार शेरचन र बिनोद भट्टचनले तोरन्ल्हको थकाली गीत गाउदै समुद्घाटन कार्यमा सहभागि जनाउनु भएको थियो।
उदघाटन पश्चात अध्यक्ष गौचनले मन्तब्यको क्रममा धनुषबाण हानेर शिकार गर्ने पुख्यौली संस्कार हामी थकालीको चिनारी हो भन्दै सात समुद्रपारि जापानमा आफ्नो संस्कृति र संस्कारलाई निरन्तरता दिन पाउदा ज्यादै हर्षित भएको बिचार प्रकट गर्नु भयो। त्यसैगरी कार्यक्रमका संयोजक तथा सचिब हेमन्त कुमार शेरचनले आफ्नो मौलिक संस्कृतिलाई जगेर्ना गर्ने मुल लक्ष्य रहेको यस धनुषखेल प्रतियोगितामा सहभागी सबैलाई भरपूर मनोरञ्जन लिन अनुरोध गर्दे आयोजित कार्यक्रमको बारेमा छोटो मन्तब्य दिनु भएको थियो।
त्यस पश्चात समितिका अध्यक्ष र चारचनका टिम क्याप्टेन (ढाँपन) क्रमशः शरद कुमार गौचन, हेमन्त कुमार शेरचन, अनिल भट्टचन, किशन तुलाचन र बुद्धि गौचनलाई कन्या महिलाले शुभ बढाई पुजा (केल्च्याङ) गरि धणुषखेल प्रतियोगिताको शुरुआत गर्न लगाईएको थियो।
धनुषखेल प्रतियोगितामा प्रत्येक चनको टिमबाट ५,५ जना खेलाडी दर्तासहित २० जना खेलाडी सहभागि बिच पहिलो चरणको प्रतिस्पर्धामा गौचन टिमले १५० पोईन्ट, तुलाचन टिमले १३० पोईन्ट, भट्टचन टिमले ८० पोईन्ट र शेरचन टिमले ७० पोइन्ट हासिल गर्दै क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो हुनु भएको थियो भने शेरचन टिमका टिम क्याप्टेन (ढाँपन) हेमन्त कुमार शेरचन, तुलाचन टिमका टिम क्याप्टेन (ढाँपन) किशन तुलाचन र शेरचन टिमकै अर्का खेलाडी राजकुमार शेरचनले सर्वोकृष्ट (खोल) स्कोएर प्राप्त गर्नु भएको थियो।
थकालीहरुको तोरन्ल्ह पर्वमा गरिने चलन बमोजिम बिजयी तथा उत्कृष्ठ खेलाडीहरुलाई कन्या महिला चेलिहरुद्धारा शुभ(बधाई (केल्च्याङ) अविरयात्रा गर्दै बधाई ज्ञापन गरिएको थियो भने खेलाडीहरुले त्यसको बदलामा महिला चेलीहरुलाई भेटि स्वरुप दानदक्षिणा प्रदान गर्ने कार्य समेत सम्पन्न गर्दा यदाकदा नेपालमै भएको झझल्को दर्शाएको थियो।
दोस्रो चरण, तेस्रो चरण वा चौथो चरण गर्दै ५ दर्जन बढि खेलाडीहरुले पालैपालो धणुषखेल प्रतियोगितामा स्वच्छ प्रतिस्पर्धाका साथ सौहार्दपुर्ण बातावरणमा भरपूर मनोरञ्जनसहित सहभागिता जनाएको दृश्य अति नै रोचक र लोभ लाग्दो थियो।
शुरुआतदेखि नै सम्पूर्ण कार्यक्रमलाई अति नै ब्यबस्थितका साथ संचालन गर्दै उपाध्यक्ष अनिल भट्टचनले थकालीहरुको एकमात्र महान चाड तोरन्ल्हको बारेमा ज्यादै सरल भाषामा तोरन्ल्ह पर्वको महत्वको बारेमा समेत स्पष्ट पार्नु भएको थियो भने कार्यक्रमको अन्तमा समितिका अध्यक्षले सम्पूर्ण उपस्थिति तथा सहयोगी बन्धुहरुलाई हार्दिक धन्यबाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो।
स्मरण रहोस, यस कार्यक्रममा थसेस जापानले बिशेष थकालीहरुको उत्कृष्ठ परिकारहरु सहित सिङ्गो खशिको ताजा मासु र भरिपुर खानपिनको समेत ब्यबस्थापन गरेको थियो।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b