खनाल राजेन्द्र / एचकेनेपाल डट कम-
कतार, कतारमा रहेका डायस्पोरिक कवि तथा नियात्राकार जय छाङछाको एकल कविता वाचन गत मार्च २९ तारिख सम्पन्न भएको छ।

कतारबाट प्रकाशित मुग्लानी सौगात द्वैमासिक पत्रिकाले नियमित मासिकरुपमा सञ्चालन गर्दै आएको साहित्य वाचन श्रृङ्खलाको २० औँ डबलीको अवसर पारेर कवि तथा नियात्राकार जय छाङ्छाको एकल कविता वाचन भएको हो।

करीव १ दर्जन भन्दा बढि राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मको पुरस्कारहरुले पुरस्कृत छाङ्छाले पोटोम्याकका किनार, छाङ्छाका प्रेम कविताहरु जस्ता कविता संग्रहहरु साथै छाङ्छाका संग्रह कंगारूको देशदेखि आइफेल टावरसम्म, चाँपफुल्ने पहाड मुन्तिर, बादल रूँदाको जुरिच, बिब्ल्याँटो आकाशको धरातलतिर नियात्रा र साहित्येतर कृति– मार्गदर्शक ग्रन्थ, अमेरिका यात्रा अध्ययन र इलम प्रकाशित भइसकेका छन्।

संस्थाका अध्यक्ष थर्चा लामाको सभापतित्व तथा कवि दिपक भेट्वाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विशेष अतिथि नवोदित साहित्यक मोवाईल पुस्तकालय कतारका अध्यक्ष रेगिस्तानी कवि तिर्थ संगम राई, एन आर एन ए कतारका प्रथम उपाध्यक्ष गुरु नारायण रानाभाट, नेपाल नियोग कतारका श्रम सहचार्य इन्द्र देव पाण्डे, नवोदित साहित्यिक वाचनालय दोहा कतारका अध्यक्ष कवि योगयूगी राई, नेपाली महिला समाज कतारकी द्वितिय सचिव चाँदी चौधरी, मोरङ्ग सुनसरि सेवा समाज कतारका अध्यक्ष विनोद भट्टटराई, नेपाल पत्रकार महासंघ शाखा कतारका प्रतिनिधि चिरञ्जीवी तिमल्सिना, नेपाल प्रवासी तामाङ समाज कतारका प्रतिनिधि तेजबहादुर तामाङ र मुग्लानी सौगातका संस्थापक प्रतिनिधि कुमार कार्की लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थित भएका थिए।

सन्ध्याग्रुप कतारको कार्यलय अलखोरमा भएको उक्त वाचनमा कवि छाङछाले १९ ओटा प्रकाशित तथा अप्रकाशित उत्कृष्ट कविताहरु श्रोताहरुलाई सुनाएका थिए। कतारको वसाईलाई छोडेर नेपाल फर्कने दिन नजिकदै गर्दा कतारको जेठो साहित्यिक संस्था मुग्लानी सौगातले छाङ्छाको एकल वाचन गरेको हो। आफूले पहिलो पटक एकल वाचन गरेको भन्दै यो क्षण अविस्मरणिय रहने छाङछाले बताए। सन्ध्या ग्रुप कतारको सभाहल अलखोरमा भएको उक्त कार्यक्रमलाई मुग्लानी सौगातका सम्पादक दिलिप अविरलले संचालन गरेका थिए भने संस्थाका सदस्य उमेश बस्नेतले स्वागत मन्तव्य राखेका थिए।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस