प्रहरीद्वारा संघीय समाजवादी कार्यकर्ताहरुमाथि कुटपिट
७ जना नेता कार्यकर्ता घाइते
प्रहरीको कुटपिट विरुद्ध भोलि एक घण्टा चक्काजाम

हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, १८ चैत्र। संघीय समाजवादी पार्टीले चारदलको असंवैधानिक कदम भन्दै त्यसका विरुद्ध चैत ७ गतेबाट शुरु गरेको पहिलो चरणको आन्दोलन अन्र्तगत आज अन्तिम दिन जिल्ला प्रसाशन कार्यालयहरुमा धर्ना तथा घेराउको क्रममा कास्कीमा प्रहरीको कुटपिटबाट ७ जना नेता कार्यकर्ता घाइते भएका छन्।

घाइते हुनेहरुमा अग्रगामी विद्यार्थी युनियनका केन्द्रीय सदस्य फरेन्द्र थापामगर, संघीय समाजवादी पार्टीका केन्द्रीय सचिव डिलबहादुर नेपाली, पार्टीका कार्यकर्ता ७० वर्षीय खड्गसिंह तमु, विद्यार्थी युनियनका नविन भण्डारी, कार्यकर्ता ६३ वर्षीय क्याप्टेन धनबहादुर तामाङ, पोखरा १३ नं. वडाका पार्टी अध्यक्ष क्या. मदनप्रसाद तमु, जिल्ला सदस्य बुद्धिबहादुर नेपाली प्रहरीको कुटाईबाट घाइते भएको पार्टीका कास्की अध्यक्ष दिपक तामाङद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

बाधा अडकाउ फुकाउन चार दलले अन्तरिम संविधानको २५ बुँदा अध्यादेश मार्फत संशोधन प्रस्ता गरी राष्ट्रपति डा. रामवरण यादवले अध्यादेशबाट संशोधन गर्नु एवं चारदलको ११ बुँदे अलोकतान्त्रिक, अराजनीतिक, अवैधानिक सहमतिबाट, अबैध जन्म भएको खिलराज रेग्मीको अध्यक्षतामा गठन भएको मन्त्रिपरिषद खारेजी गर्दै शुरु भएको पहिलो चरणको आन्दोलन अन्र्तगत जिल्ला प्रसासन घेराउ तथा धर्नाको शान्तिपूर्ण आन्दोलनमा प्रहरीको कुटाईबाट उनीहरु घाइते भएका हुन्।

टाउको, हात, पेट, खुट्टामा चोट लागेको विद्यार्थी नेता थापामगरको चरक अस्पतालमा उपचार भइरहेको छ भने डिलबहादुर नेपालीको छाती तथा शरिरका विभिन्न अंग, खड्गसिं तमुको अनुहार, टाउको र पिठ्युमा, बुद्धिबहादुर नेपाली, नविन भण्डारी, धनबहादुर तामांग र मदनप्रसाद तमुको शरिरको विभिन्न अंगमा चोट लागेकाले घाइतेहरुका उचित उपचारको व्यवस्था र कुटपिट गर्ने प्रहरी निरीक्षक झपिन्द्र भट्टराईको कमाण्डको प्रहरी टोलीलाई कारवाहीको विज्ञप्तिमा माग गरिएको छ।

यसैविच शान्तिपूर्ण धर्ना कार्यक्रममा प्रहरीको अमानवीय कुटपिट, क्रुर दमनको विरुद्धमा चैत १९ गते सोमवार मध्यान्न १२ देखि १ बजेसम्म सांकेतिक रुपमा पोखरामा १ घण्टा चक्का जाम आयोजना गरिएको अध्यक्ष दिपक वाईवा तामांगद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

तस्वीरः हुम तमु / एचकेनेपाल डट कम



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस