Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

संयुक्त राष्ट्रसंघका महासचिव मुन बैशाखमा नेपाल आउने

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २६ फागुण । संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन आउदो बैशाख १६ गते नेपाल आउनु हुने भएको छ।

आगामी बैशाख १७ गतेवाट गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सुरु हुने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मुन नेपाल आउन लाग्नु भएको हो।

बृहत्तर लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा शुक्रवार बसेको बैठकले यस्तो जानकारी दिएको हो।

बैठकमा आउदो बैशाखमा हुने मुनको भ्रमणको तयारीका विषयमा समेत छलफल भएको छ। बैठकको अध्यक्षता संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन र माओवादी अध्यक्ष तथा बृहत्तर लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक प्रचण्डले गर्नु हुने समितिले जनाएको छ।

यसअघि, लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन अमेरिका भ्रमणमा गएका माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव मनुलाई लुम्बिनी विकास समितिको अध्यक्षताका लागि आग्रह गर्नु भएको थियो।

यसैगरी, प्रचण्डले महासचिव मुनलाई लुम्बिनीको विकासका लागि नेपाल आउन निम्तो दिनु भएको थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by