एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १८ चैत्र। एसीसी ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई १२१ रनले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिवि मैदान किर्तिपुरमा आइतवार भएको खेलमा सिंगापुर ८९ रनमा अलआउट भएको छ। पृथु बाँस्कोटाले लिएको अन्तिम विकेटका साथ नेपाल १२१ रनले विजयी भएको हो। ठूलो अन्तरले पराजित गर्दै समूह उपविजेता भएको नेपालले सिंगापुरलाई निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २११ रनको लक्ष्य दिएको थियो।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस