Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

नागरिकतामा गम्भीर षडयन्त्र भएको सुजाताको दावी

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २६ फागुण । नेपाली काग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले शान्ति र संविधान निर्माण गर्नु पर्ने तर्फलाग्नु पर्ने अवस्थामा नागरिकता जस्तो संबेदनशिल विषयको विवाद झिकेर त्यसलाई डाईभर्ट गर्ने षडयन्त्र भएको दावी गरेकी छन्।

रिपोर्टर्स क्लवद्वारा शुक्रवार राजधानीमा आयोजित साक्षात्कारमा उनले शान्ति प्रक्रिया पुरा नभई कुनै पनि काम हुन नसक्ने भन्दै शान्ति प्रक्रिया निष्कर्समा पुर्याउन तर्फलाग्नु पर्ने सुझाव दिईन्।

कोइरालाले नेपाली सेनामा समूहगत प्रवेशको कुरा गरेर नेपालीमा अस्थिरता ल्याउने षडयन्त्र गरिएको आशंका ब्यक्त गर्दै तीन हजार मधेसी यूवाको प्रवेशको आधार के भनि प्रश्न गरिन्।

उनले विगतमा हतारमा नागरिकता बाड्दा नेपालीले नागरिकता पाउन नसकेको दावी गर्दै सबैलाई यस विषयमा सचेत हुन आग्रह गरिन्।

मधेसी दलहरु सरकारमा रहेकोले मात्रै टिकेको दावी गर्दै हामी मात्रै मधेसी भन्ने मधेसवादी दलहरुलाई मधेसी जनताले नै साथ नदिने चेतावनी दिईन्।

शान्ति प्रक्रिया पुरा भए नेपाली काग्रेसलाई अहिलेकै सरकारमा सहभागी हुन कुनै आपत्ति नरहेको भन्दै शान्ति प्रक्रिया निष्कर्समा पुर्याउन सरकार लागे काग्रेस रकार ढाल्न नलाग्ने स्पष्ट पारिन्।

उनले अहिलेसम्म भएका सहमति कार्यान्वयन नभएको कारण राष्ट्रिय सहमति हुन नसक्नु नै भएको स्पष्ट पार्दै सहमति कार्यान्वयन भए सहमतिको सरकार बन्न सक्ने बताईन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by