एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १७ चैत । अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको निर्वाचनलाई लिएर सडकमा सुनिएका विरोधका स्वरहरुलाई आफूले रचनात्मक आलोचनाको रुपमा लिएर सकारात्मक बातावरण निर्माणमा लागेको बताएका छन्।

रिपोर्टर्स क्लब नेपालको १५ औ वार्षिक उत्सवको अवसरमा आज राजधानीमा आयोजित विशेष कार्यक्रममा उनले अहिलेको अवस्था विशिष्ट भएकोले संविधानबाद भन्दा पनि आवश्यकता र प्राकृतिक सिद्धान्त अनुसार अघि बढिरहेको भन्दै असन्तुष्ट दलहरुलाई निर्वाचनमा आउन आब्हान गरे।

कार्यक्रममा अध्यक्ष रेग्मीले अहिलेको प्रक्रियाको विरोध गर्नेहरुबाट पनि सहयोग पाउने अपेक्षा ब्यक्त गर्दै सरकारको तर्फबाट पुरा हुने सम्पुर्ण माग हरु पुरा गर्न तयार रहेको घोषणा समेत गरे। लोकतन्त्रमा फरक मत राख्ने अभिब्यक्तिको स्वतन्त्रता हुने भए पनि त्यो निर्वाचनबाट मात्र संस्थागत हुन सक्ने भन्दै उनले निर्वाचनलाई समाधानको रुपमा लिएर अघि बढ्न आब्हान गरे।

सरकारले पाएको संविधानसभा निर्वाचन गराएर मुलुकलाई निकास दिने जिम्मेवारी पुरा गर्न निर्वाचन गराउने तर्फ सम्पूर्ण रुपमा सरकार उन्मुख भएको जानकारी दिदै संविधानसभाको निर्वाचन गराएर संविधानसभाबाटै संविधान जारी भएको देख्न आफूहरु पनि आतुर भएको भन्दै रेग्मीले निर्वाचनको प्रक्रियाले स्पष्ट दिशा लिएर अघि बढिसकेको बताए। सबै पक्षको निर्वाचनलाई सहयोग गर्ने प्रतिबद्धता आईरहेको जानकारी दिदै उनले सोही आधारमा सरकारले निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गराउने काम प्रभावकारी रुपमा अघि बढाएको बताए। उनले निर्वाचन चुनौति भए पनि सकारात्मक आशावादी भएर अघि बढेकोले चुनौतिको विचबाट निकास निस्किने विश्वास ब्यक्त गरे।

क्लबलाई १५ औ वर्षमा प्रवेश गरेकोमा बधाई र भविष्यको लागि प्रगतिको सुभकामना दिदै उनले क्लबले लोकतन्त्र, निर्वाचन, संविधान र सुशासनको लागि खेलेको भूमिको प्रशंसा गरेका थिए।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस