Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

नेपाल विश्व सहयोग संघको मेरिल्याण्ड च्याप्टर गठन

मेरिल्याण्ड प्रतिनिधि / एचकेनेपाल डट कम-
अन्तरर्राष्ट्रिय सम्मेलनपछि नेपाल विश्व सहयोग संघका बिबिध च्याप्टरहरू संगठन बिस्तारमा जुटेका छन्। यसै बीच, एनएजीसी अमेरिका च्याप्टरका सस्थापक अध्यक्ष निजानन्द मल्ल र मेरिल्याण्डका युवा समाजसेवी उमेश प्रधानको सक्रियतामा मेरिल्याण्डका सदस्यहरूको एक बिशेष भेलाबाट नेपाल विश्व सहयोग मेरिल्याण्ड च्याप्टर गठन भएको छ।

मेरिल्याण्डका बिभिन्न क्षेत्रबाट नयाँ पुराना सदस्यहरू भेला भएको कार्यक्रममा नेपाल विश्व सहयोग संघका संस्थापक एबम अन्तर्राष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरुले प्रवासमा रहने नेपालीहरुलाई देशको घाउले दुखिरहेको बताए। प्राकृतिक साधन श्रोतको खानीमा बसेर पनि हामी नेपाली गरिवीको डढेलोमा पिल्सिरहेको बताए। समुदायले मलाई के दियो भनेर होइन तर मैले समुदायलाई के दिएं? भनेर सोध्ने बेला आएको उनले बताए।

भेलाले उमेश प्रधानको अध्यक्षतामा मेरिल्याण्ड च्याप्टर गठन गरेको छ। नव गठित च्याप्टरमा ईश्वर प्रसाद श्रेष्ठ उपाध्यक्ष, सपना जोशी महासचिव र अनुप खनाल कोषाध्यक्षमा चयन भएका छन्।

अध्यक्ष -उमेश प्रधान
उपाध्यक्ष-इश्वर प्रसाद श्रेष्ठ
महासचिव-सपना जोशी
कोषाध्यक्ष-अनुप खनाल
कार्यकारी सदस्य -सुवीर प्रधान
कार्यकारी सदस्य – सन्तोष मानन्धर
कार्यकारी सदस्य – योगेश प्रसाइ
कार्यकारी सदस्य – पदम खनाल
कार्यकारी सदस्य – कमला थापा

नेपाल विश्व सहयोग संघ अमेरिका च्याप्टरका सस्थापक अध्यक्ष निजानन्द मल्लले नव निर्वाचित मेरिल्याण्डच्याप्टरका पदाधिकारीहरूलाई बधाइ दिंदै नव गठित मेरिल्याण्ड च्याप्टर नेतृत्वले संस्थाको मूल मर्म र जन भावनालाई बुझेर अगाडि बढ्नेमा विश्वास व्यक्त गरे। भेलाले २०१२ लाई सदस्यता बिस्तार बर्षको रुपमा मनाउने निर्णय गर्दै अन्य संघ सस्था र व्यक्तिहरूसँग नेपालीहरूको साझा समस्याहरू समाधान गर्न र बृहत्तर उद्देश्यहरू प्राप्त गर्न सहकार्य र साझेदारी गर्ने निर्णय गरेको छ।

नवनिर्वाचित अध्यक्ष उमेश प्रधानले यस संस्थामार्फत नेपाली समुदायलाई ठोस योगदान पुर्याउने प्रतिवद्धताका साथ अगाडि बढ्ने बताए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by