Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

मोर्चासँगको सहमति खतरनाक: एमाले सचिव पोख्रेल

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २६ फागुण । नेकपा एमालेका सचिव शंकर पोख्रेलले मधेसी दलहरुले उठाएको नागरिकताको मुद्दा नेपाली नागरिकलाई नागरिकता दिनु भन्दा पनि नेपालीलाई अल्पमतमा पार्ने षडयन्त्र भएको गंभीर आरोप लगाए।

रिपोर्टर्स क्लवद्वारा शुक्रवार राजधानीमा आयोजित साक्षात्कारमा उनले भारतले समेत दोहोरो नागरिकताको समस्या उठाईसकेको अवस्थामा नेपाली नागरिकतालाई सस्तो र लज्जित पार्न नहुने बताए।

उनले मधेसमा रहेका सामान्तहरुले मोहियानी हक नदिने षडयन्त्र स्वरुप नागरिकता लिन नदिने षडयन्त्र गरेको भन्दै पहिला मधेसबाट सामान्तबादको अन्त्य गर्न सुझाव दिए।

सचिव पोख्रेलले प्रतिपक्षी दलहरुसँग सहमति नै नगरी नागरिकताको विषयमा संविधान संशोधन गर्ने दुइ दलको निर्णयको कुनै अर्थ नभएको भन्दै संविधान संसोधन हुनै नसक्ने स्पष्ट पारे।

उनले संविधान सभा निर्वाचन अघि दलहरुको सहमतिमै एक पटकका लागि नागरिकता दिने भनि सहमति भए अनुसार नागरिकता वितरण गरिसकेको उल्लेख गर्दै मधेस आन्दोलनको नाममा अपराधी र गैरनेपालीलाई नागरिकता दिईएको कुराको जिम्मेवारी मधेसबादी दलहरुले लिनु पर्ने चेतावनी दिए।

आफ्नो पार्टी नेपाली सेनालाई समावेशीकरण गराउने पक्षमा रहेको भन्दै जाती विशेषको नाममा बटालियन र समूहगत प्रवेश गराउने माग अनुचित नभएको दावी गरे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by