एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १५ चैत । बैंककको समितिभेज अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाह विहीवार डिस्चार्ज भएका छन्।


उनलाई एक महिना चिकित्सककै निगरानीमा रहने गरी डिस्चार्ज गरिएको उनका सहयोगी एवम् गैरआवासीय नेपाली संघ थाइल्याण्डका सचिव सुनिल खड्काले जनाएका छन्। उनको स्वास्थ्य स्थिति सामान्य भएको भन्दै अस्पतालले डिस्चार्ज गरेपनि एक महिनासम्म चिकित्सककै निगरानीमा बैंककमा रहने छन्।

फागुन ८ गते गम्भीर हृदयघात भएपछि अस्पताल भर्ना गरिएका पारसको ११ दिनपछि होस खुलेको थियो भने होस आएको दुईदिन पछि उनले बोल्न र पानी पिउन थालेका थिए।

पारसलाई भेट्न बैंकक पुगेका पूर्वराजा ज्ञानेन्द्र र पारस पत्नी तथा पूर्वयुवराज्ञी हिमानी एक सातापछि नेपाल फर्कने छन्। पारसलाई भेट्न बैंकक पुगेकी पूर्वरानी कोमल यसअघि नै आफ्ना नाती नातिनीहरुसंग नेपाल फर्किसकेकी छन्।

अस्पताल बेडमा पूर्वयुवराज पारस शाह। फाइल फोटोः सुनील खड्का / फेसबुक



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस