Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

चार बुँदे सहमति कार्यान्वयन हुन दिदैनौः सचिव गजुरेल

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २६ फागुण । सरकारको नेतृत्व गरिरहेको एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले सत्ता साझेदार संयूक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सरकार निर्माणको समयमा भएको चार बुँदे सहमति र विहीबार भएको सहमति कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन्।

रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा सचिव गजुरेलले पार्टीभित्र पहिला देखिनै चार बुँदे सहमतिको विरोध भईरहेको बेला पुनः त्यसलाई पुष्टि गर्ने कुरामा आफूहरुको असहमति भएको भन्दै सो सहमति कार्यान्वयन हुन असम्भव रहेको स्पष्ट पारे।

साक्षात्कारमा उनले मधेसमा त्यहाँ रहेको सामान्तबादको कारण मधेसी नेपालीले नागरिकता नपाएको दावी गर्दै मधेसको समस्याको रुपमा रहेको सामान्तबादको अन्त्य नगरेसम्म जतिपटक नागरिकता बाँडे पनि विदेशीले मात्रै नागरिकता पाउने ठोकुवा गरे।

उनले संविधान संशोधन गरेर नागरिकता वितरण गर्नु भन्दा नागरिकता नपाएका बास्तविक नेपाली पहिचान गरी नागरिकता दिन विशेष टोली खटाउनु पर्ने बताए।

नेपाली सेनालाई समावेशी बनाउन छाडेर तीन हजारको समूहगत प्रवेश भन्नुको आधार के हो भनि प्रश्न गर्दै समूहगत प्रवेशले राष्ट्रियताको संरक्षणमा मद्दत नपुर्याउने दावी गरे। उनले मधेसी जनतालाई झुक्याउन र छारो हाल्न मधेसी दलहरुले तीन हजारको समूहगत प्रवेश गराउने एजेण्डा अगाडि सारेको आरोप लगाउँदै समावेशीकरण गरिए त्योभन्दा पनि बढी मधेसीको सहभागी सुनिश्चित गर्न सकिने तर्क गरे।

उनले प्रधानमन्त्री डा बाबुराम भट्टर्राईको विकल्प पार्टीभित्र धेरै रहेको भन्दै भट्टराराई निर्विकल्प नरहेको दावी गरे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by