एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १२ चैत। प्रमुख दलहरुले मुलुकलाई सामाजिक आर्थिक, सास्कृति र राजनीतिक कुनै पनि रुपमा निकास दिन नसकेकोले निकासको दावीसहित नेपाल लेबर पार्टीं नामको नयाँ पार्टीको घोषणा भएको छ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गरिएको हो। पत्रकार सम्मेलनमा बोल्दै पार्टीका अध्यक्ष नवल किशोर साहले अहिलेसम्मका दलहरुले मुलुकलाई निकास दिनुको साटो सधै संकटमा मात्रै पार्दै आएकोले त्यसबाट निकास दिनको लागि नयाँ पार्टीको आवश्यकता महसुस गरी गठन गरेको जानकारी दिए।

उनले सधै मुलुक राजनीतिक खिचा तानीमा मात्रै अल्झिदा मुलुकको निकासको मुख्य पाटो आर्थिक विषयहरु रोजगारी बृद्धि औद्योगिक क्रान्ति, कृषि क्रान्ति, पर्यटन विकास ओझेलमा परेकोले त्यसलाई अघि बढाउन पार्टी खोजेको बताए। उनले आफू नेतृत्वको लेवर पार्टीलाई कुनै बर्ग विशेषको नबनाई समग्र नेपालीको पार्टी बनाउने उद्घोष गर्दै नेपालको आर्थिक क्रान्तिको पक्षधर पार्टीमा आउन सबैलाई आब्हान गरे।

पत्रकार सम्मेलनमा उपाध्यक्ष नारायण बस्नेत, भीम थपलीया, महासचिव रवीलाल विश्वकर्मा, केन्द्रीय सदस्य रामकुमार खड्का लगायतकाले पार्टी स्थापनाको औचित्यमाथि प्रकाश पारेका थिए।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस