Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

कलेज युवतीद्वारा झुण्डिएर आत्महत्या

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २६ फाल्गुन । बत्तिसपुतलीस्थित निम्स कलेजमा अध्ययनरत एक छात्राले सिलिङमा झुण्डिएर आत्महत्या गरेकी छन्।

प्युठान बिजुवाटार घर भएकी १८ वर्षीया समीक्षा गहतराजले होस्टल कोठाको पंखा झुण्ड्याउने सिलिङमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

तीन महिनादेखि सो कलेजको होस्टलमा बस्दै आएकी समीक्षाले साथीहरू कोही नभएको बेला आत्महत्या गरेको जनाइएको छ।

जिन्दगीसंग हार खाएर आत्महत्या गरेको उनको सुसाइड नोटसमेत प्रहरीले बरामद गरेको छ। ‘मैले बाबु आमालाई दुख दिएँ, राम्रोसँग केही गर्न सकिनँ, मलाई माफ गरिदिनु, म संसार छाडेर जाँदैछु,’ उनले डायरीमा लेखेकी छन्।

डायरीमा स्टाफ नर्सको इन्ट्रान्समा पनि नाम निकाल्न नसकेको चिन्ता र दिक्दारी उल्लेख गरेकी छन्। पैसामात्र खर्च भएको तर, सफलता हात नलागेपछि निराश भएकी डायरीमा उल्लेख छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by