Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

अनाम नाट्य जमातको रचनात्मक होली

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, २५ फागुन । अनाम नाट्य जमातले रचनात्मक होली मनाएका छन्। जमातले संविधान जारी गर्न दवाव दिदै होलीलाई रचनात्मक बनाएका हुन्।

जमातले होलीलाई रचनात्मक बनाउनका लागि संविधानका लागि दवाव दिदै उनीहरुले होलीलाई रचनात्मक ढंगबाट खेल्दै विकृति र विसंगती हटाउनका लागि माग गर्दै होली मनाए।

यसैबीचमा उनीहरुले धरान नगर परिक्रमा गरे। अनामको चाहाना नया संविधान भन्ने नाराका साथ उनीहरुले नाङ्गो पिठ्युमा अनाम नयाँ संविधान भनेर लेखेका थिए।

होलीलाई विकृतिपूर्ण नबनाई रचनात्मक बनाउने सन्देश दिनका लागि यस्तो कार्यक्रम गरिएको जमातका सल्लाहकार राजेन्द्र रिमालले बताए।

यसैबीच, होलीको अवसरमा होटल एसोसिएसन धरानले भानुचोकमा सांगीतिक कर्न्र्सटको आयोजना गरेको छ। गायक एपी शेर्पालगायतका गायकहरुले होलीको अवसरमा दर्शकलगायत होली मनाउनेहरुलाई गीत संगीतले मनोरञ्जन प्रदान गरिएका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by