एचकेनेपाल डट कम संवाददाता –
बैंकक, २३ मार्च। लामो समयसम्म अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्य स्थिति सामान्य बन्दै गएको छ।

थाइल्याण्डको समितिभेज अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका शाहको पछिल्लो तस्वीर सार्वजनिक भएको छ। एनआरएन बैंककका महासचिव सुनील खड्काले सार्वजनिक गरेको तस्वीरमा शाह सामान्य अवस्थामा देखिएका छन्। अस्पतालमै खिचिएका उनको तस्वीरलाई खड्काले शनिवार फेसबुकमार्फत सार्वजनिक गरेका हुन्।

गम्भीर हृदयघात भएर उपचार गराई रहेका शाहलाई आगामी विहीवारसम्म अस्पतालबाट डिस्चार्ज गरिने तयारी भइरहेको जनाइएको छ। अस्पताल स्रोतले उनी हिडडुल गर्न र खाना आफैंले खाना सक्ने भएको जनाएको छ। शाहलाई फागुन ८ गते गम्भीर हृदयघात भएको थियो।

अस्पताल बेडमा बसिरहेका पूर्वयुवराज पारस शाह। तस्वीरः सुनील खड्का / फेसबुक



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस