एचकेनेपाल डट कम संवाददाता-
पोखरा सभा गृहमा विहीवार सम्पन्न मिस तमुस्यो नेपाल २०६९ को शीर्ष उपाधि नवलपरासीकी २१ वर्षीया डोब्गा तमुस्योले जितेकी छन्।
तस्वीरः उमेश पुन / एचकेनेपाल डट कम
नेपाल तमु विद्यार्थी छोँज धीं कास्कीद्वारा आयोजित प्रतियोगितामा १५ प्रतिस्पर्धीहरुलाई पछि पार्दै डोब्गा तमुस्योले उपाधि जितेकी हुन्। प्रतियोगितामा बुटवलकी २१ वर्षीया अस्मिता तमुस्यो फस्ट रनरअप र रसुवाकी १८ वर्षीया पारु तमुस्यो सेकेण्ड रनरअप भए। डोब्गाले मिस तमुस्योको ताजसहित प्याजियो स्कूटर र ३० हजार नगद पुरस्कार प्राप्त गरिन् भने अस्मिता र पारुले क्रमशः ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गरे।
प्रतियोगितामा पर्वतकी २० वर्षीया क्रिजा तमुस्योले बेष्ट वाक, मिस पपुलर, बेष्ट कम्प्लेक्शन र भ्युअर च्वाइस गरी चारवटा टाइटल जितिन्। पोखराकी १९ वर्षीया ज्योति तमुस्योले बेष्ट फिगर र बेष्ट हेअर, काठमाडौंकी २० वर्षीया युद्ध तमुस्योले मस्ट डिसिप्लिन, कास्कीकी १७ वर्षीया दुजामाया तमुस्यो बेष्ट तमु भाषा, स्याङ्जाकी २३ वर्षीया इन्सिरी तमुस्यो मिस ट्यालेण्ट, धरानकी १९ वर्षीया बसुन्धरा तमुस्यो बेष्ट स्माइल टाइटल जितिन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b