एचकेनेपाल डट कम संवाददाता
काठमाडौं, ७ चैत्र। राजधानीस्थित प्रज्ञा प्रतिष्ठान हलमा बुधवार साँझ सम्पन्न मिस नेपाल २०१३ सौन्दर्य प्रतियोगितामा इशानी श्रेष्ठले शीर्ष उपाधि जितेकी छन्। प्रतियोगितामा रोजिशा शाही फस्ट रनर अप र सृतिमा शाह सेकेन्ड रनर अप भए।
प्रतियोगितामा मिस फोटोजेनिकको उपाधि सृतिमा शाह, पन्क्चुआलिटी मेघना श्रेष्ठ, ब्युटिफुल स्माइल रिजु श्रेष्ठ, बेस्ट वाक इशानी श्रेष्ठ, ट्यालेन्ट सिपोरा गुरुङले जितेका छन्। एसएमएसमा बढी मत पाएर मिस बब्ली उपाधि अस्मिता सिटौलाले जितिन्।
१८ सुन्दरीलाई पछि पार्दै इशानी श्रेष्ठले यस वर्षको मिस नेपालको ताजसहित ५० हजार जितिन् भने दोस्रोले ३५ र तेस्रोले २५ हजार रुपैया नगद पुरस्कार जिते। मिस नेपालले मिस वर्ल्ड, फस्ट रनरअपले मिस अर्थ र सेकेण्ड रनरअपले मिस इन्टरनेशनलमा सहभागी हुने अवसर प्राप्त गर्ने छन्।
Watch Video:
तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b