एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ६ चैत। नेपाल डेण्टल एशोसिएसनले मार्च २० को दिन विश्वभरी मनाईने विश्व मुख तथा दन्त स्वास्थ्य दिवस एक साताभरी निशुल्क दन्त परिक्षण र परामर्शका साथ मनाउँदैछ।

एशोसिएसनले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर दिवसको अवसर पारेर मार्च १७ देखि २२ सम्म दात क्लिनीक, अस्पताल र कलेजहरुमा निशुल्क जाँच तथा परामर्श शिविर सञ्चालन गरिएको जानकारी दिएको हो।

पेप्सोडेन्ट टुथ पेष्टसँगको सहकार्यमा दिवस मनाईरहेको एशोसिएसनले दिवसको अवसरमा मुख र दातका रोग र त्यसको उपचारको विषयमा जनचेतना जगाउने उद्देश्यले देशका विभिन्न नौ स्थानहरुमा जनचेतनामुलक र्यालीहरुको आयोजन समेत गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो।

पत्रकार सम्मेलनमा एशोसिएसनका अध्यक्ष सुदिन शाक्यले मानिसलाई खुलेर हास्न, कानको श्रवण शक्ति यथावत राख्न र खाना चपाउन दातको सबैभन्दा ठूलो महत्व भए पनि जनचेतनाको अभावमा त्यसको उचित स्याहार हुन नसकेकोले आफू जनचेतना मुलक अभियानमा अग्रसर हुनु परेको बताए। उपाध्यक्ष सन्तोष राजभण्डारीले जनतालाई बास्तविकता थाहाँ होस भनेर आफूहरु जनचेतना अभियानमा सक्रिय भएको भन्दै नेपालमा दन्त र मुख स्वास्थ्यको सवालमा अत्यन्तै कम सचेतना भएको बताए।

कार्यक्रममा महासचिव सेन्सेमान लिम्बु, सचिव सरोज सिह र कोषाध्यक्ष मानषले दन्त र मुख स्वास्थ्यको अवस्था र बास्तविकताको विषयमा प्रकाश पारेका थिए। पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार नेपालमा एशोसिएसन गठन हुँदा २० जना मात्रै दन्त चिकित्सक रहेकोमा अहिले सन् २०१२ को डिसेम्बरसम्म १ हजार २ सय २२ जना दन्त चिकित्सक उत्पादन भईसकेको छ। नेपालमा दन्त चिकित्सामा स्नातक तहको अध्यापनमा १२ वटा र स्नातकोत्तर तहको अध्यापनमा २ क्याम्पसहरुसमेत रहेका छन्।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस