एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ५ चैत्र। अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सोमवार ८ नयाँ मन्त्रीहरु थपेर मन्त्रीपरिषद विस्तार गरेका छन्।

रेग्मीले राष्ट्रपति रामवरण यादवको उपस्थितिमा नवनियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण गराएका छन्। नयाँ मन्त्रीहरुमा शंकर कोइराला (अर्थ, उद्योग तथा आपूर्ति), छविलाल पन्त (भौतिक योजना तथा सहकारी), माधव पौडेल (शिक्षा, सूचना तथा सञ्चार र सामान्य प्रशासन), टेकबहादुर घर्ती थापा (कृषि र वन तथा भू संरक्षण), रामकुमार श्रेष्ठ (युवा, शान्ति तथा पर्यटन मन्त्रालय) रहेका छन्। त्यसै गरी, उमाकान्त झा (ऊर्जा, विज्ञान प्रविधि र सिँचाइ), र ऋद्धिबाबा प्रधान महिला (बालबालिका तथा भूमिसुधार मन्त्रालय) रहेका छन्। आज नियुक्त भएका सबैजना नेपाल सरकारका पूर्वविशिष्ट अधिकारी हुन्।

यसअघि, रेग्मीले माधवप्रसाद घिमिरेलाई गृह तथा परराष्ट्र तथा हरि न्यौपानेलाई कानुन मन्त्रीमा नियुक्त गरेका थिए। ८ जना नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहणपछि ११ सदस्यीय मन्त्रीपरिषदले पूर्णता पाएको छ।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


khil raj regmi

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस