Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

टोक्योमा आत्महत्या गरेकी बिद्यार्थीको शव नेपाल पठाइयो

एचकेनेपाल डट कम संवाददाता-
टोक्यो, केही दिन अगाडि आफ्नै कोठामा आत्माहत्या गरेकी जापानमा अध्ययनरत नेपाली विद्यार्थी सानुकुमारी तामाङको शव नेपाल पठाइएको छ।

तामाङको शव थाई एयरवेजमार्फत सोमवार काठमाडौ पठाइएको कुरा तमाङ समाजका अध्यक्ष सुकुमान तमाङले जानकारी दिनुभएको छ। तामाङको शव आज साँढे पाँच बजेको थाइ विमानवाट वैंकक हुँदै भोलि १९ तारिख विहान १२:२५ थाइ बिमान मार्फत नै काठमाडौ पुग्नेछ। नेपालबाट उनको परिवारले मृत शरीर नेपालमै पठाई पाऊँ भन्ने बिशेष अनुरोध आएपछि सो कार्यको लागि तामाङ समाज जापानको पहलमा आर्थिक सहयोग संकलन शुरु गरिएको थियो।

तामाङ समाज जापानका महासचिब हवल चन्द्र लामाले आज परिवारको तर्फबाट एक विज्ञप्ति प्रकाशित गरी स्वर्गिय सानुकुमारी तामाङको शब नेपाल पठाउनको लागि सम्पूर्ण तबरले सहयोग गर्नुहुने जापानका जापानी तथा नेपाली माहानुभाबहरू लगायत जापान,कोरिया,अंमेरिका र नेपालका सम्पूर्ण संघसंस्था तथा सहयोगी माहानुभाबहरुमा हार्दिक धन्यवाद व्यक्त गरेको छ।

तामाङ समाज जापानको पहलमा शुरु गरिएको आर्थिक संकलन अभियानमा जम्मा रकम १८ लाख ५३ हजार (१८५ मान ३ हजार) येन संकलन भएको थियो भने उक्त रकम मध्ये १३ लाख (१३० मान) येन शबलाई नेपाल पठाउन खर्च लागेको र अन्य वाँकी नगद रकम मृतकको परिवारको सहयोगार्थ मृतकको भिनाजु धर्म तमाङलाई हिजो नै हस्तान्तरण गरिएको विज्ञप्तिमा उल्लेख छ।

सहयोग गर्नुहुने संघसंस्थाको नामावली तल दिईएको छ भने लामो भएकोले सहयोगी महानुभाब हरूको विस्तृत जानकारी केही दिनमा नेपाल तामाङ समाजको होम पेज https://tamangsamaj.wordpress.com/मा राखिने जानकारी दिनुभएको छ।

संस्थाको नाम प्रतिनिधिका नाम सहयोग रकम

1) किरात याक्थुङ चुम्लुङ जापान, रिद्दि बहादुर तुम्फाहाम्फे 52000
2) गैर आवासीय नेपाली संघ, जापान ओम गुरुङ 100000
3) डि बी ए मानवीय सेवा समिति, ईश्वर अधिकारी 10000
4) तमू धीं जापान, हर्क गरुङ 10000
5) थकाली सेवा समिति जापान, शरद गौचन 10000
6) नारी कुञ्ज जापान, छक्कू पुर्जा 17500
7) नेपाली आदिवासी जनजाति महासंघ जापान, ध्रुव भट्टचन 20000
8) नेपाली जन प्रगतिशिल मोर्चा, जापान, राम हरि पुडासैनि 36100
9) नेपाली जनसम्पर्क समिति जापान, बलराम श्रेष्ठ 117000
10) नेपाली बिद्यार्थी समाज जापान कृष्ण भेटवाल / 50000
11) नेपाली लोकतान्त्रिक मंच {NDF}टोकियो देवीलाल भन्डारी 3000
12) नेपाली समाज संगठन जापान (नाज) प्रवीण लामा 15000
13) नेवा अन्तराष्ट्रिय फोरम जापान, प्रचन्ड मणि बज्राचार्य 10000
14) मगर संघ टोकियो, शैलेन्द्र थापा मगर 50000
15)मानाङ समाज जापान, पेम्बा लामा  11000
16) युथ क्लब जापान, लेलिन भट्टचन 30000
17) वी लभ नेपाल डट कम, सोनाम शेर्पा  10000
18) शेर्पा संघ टोकियो, पासाङ शेर्पा  65000
19) स्याङजाली समाज, जिवन कुमार न्यौपाने 10000
20) हातेमालो समाज जापान, डा सुरज प्रधान 30000
21) तमाङ समाज जापान, सुकुमान तमाङ 125000

Nepal TAMANG Samaj Japan
E-mail: tamang.samaj@gmail.com
URL: https://tamangsamaj.wordpress.com/



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by