Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

धरानका संचारकर्मीहरुको होली

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, २५ फाल्गुन । सधैजसो समाचारमा व्यस्त हुने संचारकर्मीहरुले विहीवार होलीको मज्जा लिए।

धरानका ४ वटा रेडियो स्टेशन, ४ दैनिक र १२ साप्ताहिकका संचारकर्मीहरु मिली
होलीको मज्जा लिएका हुन्।

समाचारमा व्यस्त हुने उनीहरुले विहीवार भने होली खेल्नमै व्यस्त देखिन्थे। फोटो पत्रकार उपेन्द्र चाम्लिङ तथा अन्नपूर्ण पोष्टका रत्न आचार्य सधै कति समाचारमा मात्रै व्यस्त हुनु कहिलेकांही त होलीको मज्जा पनि लिनु पर्यो नि भन्दै होलीमा रमाइरहेका थिए।

कार्यक्रममा २ दर्जन पत्रकारहरु होली खेल्दै मज्जा लिएका थिए। होलीमा अग्रज
पत्रकारहरुदेखि लिएर अन्य पत्रकारहरुको समेत सहभागिता रहेको थियो। पत्रकारहरुले
दैनिक, रेडियो स्टेशनलगायतमा गएर होली खेलेका थिए।

अग्रज पत्रकार भवानी बरालले एकवर्षमा आउने होलीलाई पनि सामाजिक सद्भावको रुपमा कायम राख्ने होली भएकाले खेल्नुको मज्जा बेग्लै हुने बताए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by