धन बहादुर वली-
साउदी अरेबिया (रियाद), साउदी अरबमा काम गरेको ४ बर्ष बितेछ। यो अवधिमा मेरो भाग्य अथवा अवसर जे भएपनि मैले नेपालीहरु माझ रहन पाए कम्तिमा १०० पटक भन्दा बढी साउदी अरबस्थित नेपाली दूताबासमा पुग्ने मौका पाए।
केहि आफ्ना समस्या अनि केहि अरुका समस्या हेर्दा मलाई लाग्छ हामी नेपालीहरुमा बैदेशिक रोजगारीको फोहर भनेको दलाली रहेको छ। दलालहरु कहाँ कहाँ सम्म छन् अनि कहाँ कहाँसम्म पुग्न सक्छन् भनेर भनिरहनुपर्छ जस्तो मलाई लाग्दैन। दलाली भनेको एउटा खराब नियत हो जुन हरेक मान्छेमा हुन्छ। त्यसका रुप र हदको मात्रै कुरा फरक होला नत्र स्वार्थको लागि गरिने यस्ता कामहरु सबैले प्राय गरिरहेकै हुन्छन्।
समस्या उनीहरुको पहुच र पावरको हो उनीहरु नै शक्तिशाली भएकोले गरिब र लेबर सरहको काम गर्ने सोझासिधा मान्छेहरुले न्याय पाउदैनन्। यसको निकासका निमित्त सरकारले नै जिम्मेवारीपूर्बक उनीहरुलाई नियन्त्रणमा राख्नुपर्ने हुन्छ अन्यथा इजराइलमा जस्तै अरबी देशहरुले पनि आफ्नो कामदार आपूर्ति समन्धी नीति परिबर्तन गर्न नसक्लान् भन्न सकिन्न्। हुनत यसको दोषी रोजगारीका निम्ति जाने कामदार पनि कहिँ न कहिँ अवस्य होलान् तर कामदारलाई दोषी देखाएर सरकार चुप लाग्छ भने त्यस्तो सरकारले जनताको चिन्ता भन्दा आफ्नो कुर्ची मोह बढी भएको भनेर जनता सामु प्रस्ट गरिरहेको हुन्छ।
अर्थतन्त्रको आधारको रुपमा लिईएको बैदेशिक रोजगारलाई दलालहरुको जिम्मा लगाउने अनि कामदारहरुलाई नै गलत ठहर्यौदा त्यसको परिणाम पक्कै पनि दलाल हरुको मनोबल उच्च हुने अनि अन्ततः बैदेशिक रोजगारीमा दलालहरुकै हाबी बढ्न गइ बैदेशिक रोजगारी तहसनहस हुनसक्ने खतरा मैले देखिरहेको छु।
मेनपावर कम्पनीलाई भनेर साउदीबाट फ्रीमा पाइने भिजा र टिकट समेतको पैसा असुलेका दलालहरुले फेरी नेपालबाट आउने कामदारहरुबाट पनि सक्ने पैसा असुलिरहेको आफ्नै आँखाले देखेको छु। नेपाल सरकारले नै तोकेको अधिकतम रकम भन्दा दोब्बर रकम उठाइरहेका हुन्छन् ्र यसरि दिन प्रतिदिन दलाल हाबी हुदै जाने र नेपालीहरुले बिदेशमा कामदारको रुपमा काम गर्ने कम्पनीहरुमा दुख पाउदै जाने स्थिति रहने हो भने एकदिन बैदेशिक रोजगारी ९अर्थतन्त्र को खम्बा० समाप्त हुने निश्चित प्राय छ।
मैले आफै पनि साउदी बसाईको ४ बर्षको अनुभवले के कुरा बुझेको छु भने धेरै जसो कम्पानीहरु नाफाको निम्ति कामदार आयात गर्ने गरेका हुन्छन् भने त्यो देशको सरकार आफ्ना नागरिकलाई रोजगारीमा लगाउन चाहन्छन् वा त्यस्तो नीति लागु गर्दै जाने पक्षमा हुन्छन्।
ब्यालेन्स मिलाउन खोज्ने सरकार र कम्पनीहरुकै बिचमा उभिएका आप्रबासी कामदारहरुलाई विभिन्न बहानामा सरकारले निकालिरहेको हुन्छ ्र त्यसको मारमा सबैभन्दा धेरै नेपाली नागरिकहरु परेको मेरो भोगाई पनि हो। त्यसको कारण हो हाम्रो देशको राजनैतिक खिचातानी र त्यसकै आडमा मौलाएको दलाली प्रवृति साउदी अरबमा रहेका कामदारहरुमध्ये झण्डै आधा जस्तै देखिने गरि कामदारहरु भगौडा कामदारको रुपमा काम गरिरहेका छन्। जसको कारण एउटा मात्रै भन्नुहुन्छ भने त्यो हो “दलाली” नेपालबाट आउने अनि रोजगारदाता कम्पनीले भने बमोजिमको तलबलगायत सेवा सुबिधा नदिने हुन्छ। कोही अबैधानिक रुपमा काम गरेर राम्रै आम्दानी गरिरहेका हुन्छन् भने कोही न्यायको खोजिका निम्ति भौतारिन्छन् तर न्याय पाउदैनन् किनभने हाम्रो सरकारको उपस्थिति यहाँ निकै कम्जोर छ।
मलाई यहाँ अर्को एउटा कुरा जोड्न मन लागेको छ। अरबिक मेनेजर रहेको मेरो कम्पनीबाट म नेपाली दूताबास रियाद पुगेर कम्पनी फर्केपछि मलाई अफिसमा बोलायो म गए उसले सोध्यो मलाई इन्ता अलियोम व्हेन रु मैले जवाफमा केहि भन्न सकिँन, किनकि डर सबैलाई हुन्छ म दूताबासमा आफ्नो समस्या राख्न गएको थिएं। उसले त्यहि बिषयमा केरकार गर्दै थियो। उसले फेरी सोध्यो इन्ता अलियोम रो सफारा रु मैले जवाफमा आइवा रो भने मलाई राम्रो अरबिक आउदैन। फेरी पनि मैले यहि बुझे तँ दूताबास गएको हो रु मैले जबाफमा उह गए भनेर भनें। उसले मलाई फेरी भन्यो तिम्रो दूताबासलाई एउटा पेप्सीमा हाम्रो पक्षमा बोल्ने बनाउन सक्छौ।
मैले नेपाली समाचारहरुमा श्रमसहचारी नियुक्त हुने र सहचारी मार्फत सामान्य समस्या सुल्झाउने छ भन्ने बुझेको थिए। त्यसैले मलाई मेरो देश र हाम्रो सरकारप्रति गर्व थियो। र मलाई रिस उठ्यो मैले जवाफमा भने उनीहरुसंग के सम्झौता गरेको छ ्र पालना गर्न तिर लाग हैन भने हामी लेबर कोर्टसम्म गएर कम्पनी नै बर्बाद पारिदिन्छौं। उसले त सिधै भन्यो मलाई कि तिमी जहाँ जान मन छ जान सक्छौ ्र चाहे कोर्ट जाउ चाहे दूताबास कहिँ गएर केहि गर्न सक्दैनौ। मतलब “कोर्ट हाम्रो नाटक हो अनि तिम्रो दूताबास हाम्रो मुठीभित्र छ”
हुनपनि त्यस्तै भयो १ बर्ष भयो न एक सुक्का पैसा छ ? न नेपाल फर्किन पाइएको। अब त्यस बिचमा के के गरे वा कहाँ कहाँ मेरो व्यथा सुनाएं भन्ने कुरा गरौं कम्तिमा १०० पटक भन्दा बढीमा नेपाली दूताबास साउदी अरबमा पुगेको छु। दूताबासको सहयोगमै लेबर्कोर्टमा समस्या सुल्झाई दिन निबेदन गरे। २ महिना लामो कसरत गर्दा पनि नेपाल फर्किने मात्रै वातावरण पनि तयार गर्न सकेन। लेबरकोर्टले पनि नेपाल सरकारले चलाउने कार्यक्रम जनतासंग प्रधानमन्त्री रेडियो नेपालबाट प्रशारण हुन्छ त्यहाँ दुताबासलाई भनेर हामीलाई नेपाल फर्काईदिन पहल गरिदिनुस भनेर इमेल गरे। जुन प्रसारण पनि भएको थियो र प्रमले आफूले सहयोग गर्ने आश्वासन पनि दिनुभएको थियो।
एनआरएन साउदीलाई पनि लामो इमेल गरेर उद्दार गर्दिन अनुरोध गरे। उहँ कहिँ कतैबाट ठोस उपलब्धि हुन सकेन। अन्ततः खाने चारो खोज्दै हिडेको छु ्र भनाइको अर्थमा पनि अबैधानिक कामदार बन्ने तरखरमा छु। अब बुझ्न सकिन्छ किन साउदीमा यति धेरै कामदार बिचल्लीमा परेका छन् किन कम्पनी छोडेर भगौडा कामदार भएर बसे?
म संचारसंग यति नजिक छु कि आफूले चाहेको बेला जुनसुकै ठाउमा उजुरी गर्न सक्छु। तर पनि १ बर्ष लामो अवधिमा त न्याय र उद्दार हुन सकेन भने हजारौ सोझा नेपालीहरुको हालत के होला? भोक भोकै भएपनि कम्पनी छोडेर भाग्न उनीहरुलाई रहर त पक्कै थिएन होला रु बैधानिक कामदार ठगेको आफ्नै आखाले देखेकाहरुलाई अबैधानिक भएपछि झन् धेरै ठगि हुन्छ भन्ने सोच्दैनन् होला त रु मलाई यति धेरै लामो ब्याख्या लेखिरहन मन पनि थिएन।
साउदी अरबमा रहेका भिजाको कारोबार गर्ने बिमल गौतम भन्ने एकजना पूर्व एनआरएनका सचिव महोदयले आफ्नो मेनपावर नेपाल गेटवे ओभर्सिजबाट ल्याएका कामदारहरुले सुनाएको दुखले प्रेरणा जाग्यो र लेखन मन लाग्यो। अन्यथा मलाई मेरो उद्दारको निम्ति भनेर मैले यहाँ लेखेको होइन किन भने म थाकिसकेको छु। उद्दार भनेको सहि समयमा गरिनुपर्छ्र। बाढी आएर पानी सुकिसकेपछि हेलिकोप्टर घुमाएर केहि फाइदा हुदैन। कि उनीहरु मरिसक्छ्न् नमर्नेहरु सुरक्षित भैसक्छ्न्। मैले पनि बाढीको पीडा थाहा पाइसकेको छु अब उद्दार गर्ने समय होइन भन्ने मलाई लाग्छ।
भगौडा भइसकेपछि उद्दार गर्देउ भन्ने पनि कसरि भन्नु अब हैन र रु सकिन्छ भने यिनीहरुको कुरा सुन्दिनुस् यस्तो लेख्दिन अनुरोध गरेका थिए उनीहरुले मलाई। रौतहट जिल्ला कमल पोख्रेल, सिन्धुपाल्चोक फुर्पा तामांग र उदयपुर सुमन राई हाल साउदी अरेबिया बस्दै आएका साथीहरु जसलाई बैदेशिक रोजगारीका निम्ति साउदी रोजगारका लागि प्रतिव्यक्ति १११००० ने रु लिई बिमल गौतम नेपाल गेटवे ओभर्सिजको अर्को एकजना नाम नखुलेको दलालहरु मार्फत किनेको भिजामा ३ जना साउदी पुगे। आएको २० महिनापछि मात्रै १० महिनाको तलब दिएपछि थाहा भयो हामी फसिसकेको कुरा उनीहरुले भने। त्यसपछि सुरु भएको हार गुहार सम्बन्धित मेनपावर कै सरसल्लाह बमोजिम उल्लेखित दलालहरुकै आदेश अनुसार साउदी लेबर कोर्टसम्म पुग्यौं। लेबर कोर्टमा छलफलको क्रममा थाहा भयो हामीले १११००० तिरेर पनि निज दलालहरुले १००० रियाल प्रति व्यक्ति रियाल लिएर लेबर पुर्याउने सम्झौता गरेका रहेछन्।
यस्तो सम्झौता कै कारणले गर्दा केश उपर सुनुवाई नै हुनसकेन। त्यसपछि नेपाली दूताबास साउदी अरेबियामा लिखित रुपमा न्यायको माग गर्दै निबेदन दिइयो। उनीहरुले बिलौना गर्दै भने अब हामी सडकमा भोक भोकै सुत्नुपर्ने अवस्थामा आइपुगेका छौं। कानुनी हैसियतले साउदी बस्न नपाउने भैसकेका उनीहरु भौतारिएर घुमिरहेका छन् ्र अकमा को म्याद सिद्धिएको हुनाले पनि झन् समस्या छ ्र यसका लागि जिम्मेवार सम्बन्धित मेनपावर र दलाललाई कारबाही कसले गर्ने ? न त दूताबासले छानबिन गर्न सक्छ न त अरु कुनै माध्यामले न्याय पाउने अवस्था छ।
यस बिषयमा नेपाल सरकारसंग हाम्रो न्याय र उद्दारको पहल गरिदिन अनुरोध गर्दछौं। ल हेर्नुस् उदाहरण यहि छ यसरि दिनानुदिन नेपालीहरु बिदेशमा ठगिनु अनि नेपाल सरकार तथा सरोकारवाला निकायले जिम्मेवारीपूर्ण रुपमा काम नगर्दिनुले पनि झन् अर्को समस्या आएको छ। के सच्चाई देखेर पनि अनदेखा गर्नेहरु सरकारमा बसेका हुन् त ? किन कारबाही हुदैन दलाल तथा मेनपावरहरुलाई ? राजनैतिक अवस्था जस्तो भएपनि यी र यस्ता बिषयमा त ध्यान दिन सकिन्थ्यो होला नि ? पिज्जा इन भन्ने कम्पनीमा पनि उनी बिमल गौतमले आफ्नै मेनपावर मार्फत आएको भनेर स्वीकारेका थिए।
खोई छानबिन भएको ? अझै यस्ता रहस्य कति होलान् कति होलान् लुकेर रहेका रहस्यहरु। म आफू आएको मेनपावर कम्पनी लक्की ओभरसिज जुन २ वटा भएको छ। उनीहरुको मेनपावरबाटै आउने साउदी फ्युल र गल्फ हेल्थका सबै जसो घर फर्किनेहरु रुदै फर्केको अवस्था हो। अझै म र म जस्ता धेरै बाकी नै छौ। साउदी मै अलपत्र अवस्थामा खोई न्याय पाएको हामीले ? खोई उद्दार गरेको हाम्रो ? के हामीले न्याय पाउन पहुच भएको हुनै पर्छ ?
त्यस्तै अर्को एउटा कम्पनीका साथीहरुले मलाई भने हामीहरु ९ जना छौ हामी अलपत्र बसेको १८ महिना बितिसक्यो। नेपालबाट पैसा माग्ने अनि खानाको जोहो गरेर बसेको भनेर भन्नु भयो। उहाँहरुलाई त नेपाली दूताबासको भनार्इ अनुसार नेपाल नै पुगिसक्नु भयो रे तर बास्तबिकता अर्कै पो रहेछ। उहाँहरु ९ जना शंकर बि क ९ दांग० राहुल राई ९ सोलुखुम्बु ० मिथुने राई ९ सोलुखुम्बु ० अमर कार्की ९ भोजपुर० सेर ब नेपाली ९तनहुँ ० सितु सादा९ धनुषा० प्रमोद कुमार महरा ९ सिराहा० नागेन्द्र मगर ९ मोरंग ० अल सोइया भन्ने कम्पनिबाट हुनुहुदो रहेछ।
ब्लु स्काई, ओक्स फ्रोडबाट आउनुभएका उनीहरु जस्तै अरु ७५ जना नेपाली रुदै नेपाल फर्केका छन्। के तिनीहरुलाई फसाएका मेनपावरमाथि कारबाही गरियो ? किन यस्तो ज्याजति सहनु परिरहेको छ नेपालीहरुले ? नेपाल सरकारको जिम्मेवार निकाय जो निर्विकल्प छ साउदी अरबमा। के त्यो पेप्सीमा बिक्ने कुरा साचो हो त ? यदि हैन भने के कति कारणले उनीहरु नेपाल फर्किन समेत पाउदैनन् ? गम्भीर भएर सोच्न जरुरी छ। नेपाल सरकारको यस बिषयप्रति ध्यानआकर्षण होस्।
धन बहादुर वली
साउदी अरेबिया (रियाद)
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b