सुमन पुन / एचकेनेपाल डट कम-
मुस्ताङ, ५ चैत्र। कागबेनी गाविस ६ स्थित पाङलिङका ६८ बर्षीय पेम्बा विष्ट फागुन १९ गते साँझ अज्ञात व्यक्तिहरुले अपहरण गरि रहस्मय रुपमा हत्या गरि फालेको शव फेला पारेको १७ दिनसम्म हत्यारा पत्ता लगाउन नसकेको भनि जिल्ला प्रहरी कार्यालय मुस्ताङमा स्थानीय बासीन्दाले तोडफोड गरेका छन्।

आन्दोलित स्थानीय बासीन्दाले हस्ताक्षरसहित ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी ईश्वराज रेग्मीलाई बुझाएका छन्। ज्ञापन पत्र बुझ्दै प्रजिअ रेग्मीले अनुसन्धान कार्य तिब्र रुपमा अगाडि बढेको बताउनुभयो।

सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग गर्दै हत्यारा पत्ता लगाई कारर्वाही गर्न माग गर्दै जिल्ला प्रशासन विरुद्धमा आइतबार प्रर्दशन गर्दै ज्ञापन पत्र बुझाउने क्रममा भित्र छलफल गर्दै गर्दा बाहिर प्रहरी कार्यालयमा तोडफोड गरिएको हो। पुथाङदेखि शुरु भएको प्रदर्शन जोमसोम हुदै जिल्ला प्रशासन अगाडी पुगेको थियो। घट्नामा संलग्न रहेको उजुरीको आधारमा छमी विष्ट र लोप्साङ गुरुङलाई अनुसन्धानका लागि पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा केहि दिन अगाडिदेखि राखिएको छ।


तस्वीरः सुमन पुन / एचकेनेपाल डट कम

मृतकको पेम्बाको शव टुक्राटुक्रा अवस्थामा जोमसोम गाविस वडा नं. ५ स्थित कालीगण्डीको किनारमा टुक्राटुक्रा गरि फालिएको अवस्थामा भेटिएको थियो। प्रहरी निरीक्षक राजेन्द्र पोख्रेलका अनुसार मृतकको पोष्टमार्टम गरि केहि भाग परीक्षणका लागि काठमाडौं पठाइएको छ। दुवै आरोपीहरुको मोबाइल जफत गरि अनुसन्धानको प्रक्रियामा रहेको र स्थानीयको सहयोग भए छिट्टै सबुत प्रमाणसहित हत्यारा पत्ता लाग्ने बताउनुभयो। उहाँले भन्नुभयो–“घट्नामा एक दुई जनाको मात्र संग्लन छैन, सवै अपराधीहरुको शुष्मरुपमा अनुसन्धान कार्य आगडि बढेको छ। पक्राउ गरिएकालाई अहिले अपराधी मान सकिदैन अनुसन्धानपछि सबै कुरा बाहिर आउनेछ, त्यसका लागि सबै जनताको सहयोग आवश्यक छ।”

कागवेनी ५ पाङलिङबाटै अपरिचत २ व्यक्तिले खाना खाने ठाउँ देखाई दिनुहोस् भनी लगी पेम्बालाई लगेको उनकै घरमा काम गर्ने सुस्त मनस्थितिकी महिलाले बताएकी छिन्। शव टुक्राटुक्रा पारि फालिएको अवस्थामा पटक पटक भेटिको र शवलाई प्रत्येक जोर्नीजोर्नी छुटइ फालियाकोले पनि घट्नामा धेरै व्यक्तिहरुको संग्लनता भएको हुन सक्ने अनुमान गरिएको छ। जिल्लास्थित प्रमुख राजनीतिक दल, कागवेनी, छुसाङ, झोङ, र मुक्तिनाथका स्थानीय बासीन्दाले प्रशासन फितलो भएको आरोप लगाउदै, तत्काल अपराधी छुट्न नदिन र दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।

२०६६ सालमा छुसाङ गाविस तेताङ किक्याप गुरुङ र टसी वाङदी गुरुङको रहस्यमय ढगले छुसाङकै लेकमा हत्या गरिएपनि हालसम्म हत्यार पत्ता लाग्न सकेको छैन। २०६८ सालमा छुसाङकै साङगा लामाको रहस्यमय ढंगबाट मृत्यु भएपनि उक्त घट्ना पहरी समक्ष आइनपुगेको कागबेनीका रिनजिन नामग्याल गुरुङले बताउनुभयो। गत बर्ष कोबाङ गाविसको न्याउरीकोटमा एक स्थानीय बासिन्दाको रहस्यमय ढंगबाट मृत्यु भएपनि हालसम्म दोषी पत्ता लागेको छैन।

कागवेनी गाविसको तिरीमा केहि महिना अगाडि डोल्पाका स्थानीय बासीन्दा र मजदुर वीच आपसी झगडा र कुटपिट हुँदा उपचारकै क्रममा ढिण्डुक गुरुङको मृत्यु भएको थियो। तर उक्त घट्ना समेत प्रहरी समक्ष नआएको स्थानीयबासी बताउछन्। यस्ता घट्नाका दोषीहरु कारार्वाहीका भागिदार नभएका कारण दिनप्रतिदिन यस्ता घट्नाहरु बढ्दै गएकाले दोषीहरुलाई कारर्वाही गर्नुपर्ने कागबेनीका पेमा छिरीङ गुरुङले बताउनुभयो।

मृतक पेम्बाका तीन छोरा र एक छोरी रहेका छन्। पेम्बाकी श्रीमति क्यान्सरका कारण मृत्यु भएपछि साली, बुहारी समेत रहेका आरोपी छिमी विष्टलाई घरमै राख्ने गरेका थिए। छिमी छोराहरुसंगै काठमाडौं रहेको र मुस्ताङ आउँदै गर्दा सदरमुकाममा नै प्रहरीले नियन्त्रणमा लिएको थियो।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस