भाईराम चौलागाई / एचकेनेपाल डट कम-
कुवैत सिटी, १८ मार्च । मेची-महाकाली बृद्धाश्रम सहयोगार्थ आयोजना गरिएको च्यारिटी शोको सम्पूर्ण खर्च कटाएर आठ लाख भन्दा बढी पैसा नेपाल पठाउन लागिएको मेची मेची-महाकाली बृद्धाश्रम कुबेत साखाकाले जनाएको छ।

टिकट बिक्री र दाताहरुको सहयोगबाट ५७६७.२५० कुवेती दिनार प्राप्त भएको सो च्यारिटी शोमा कलाकारको पारिश्रमिक र अन्य सबै खर्च जोडेर ३५६७.२५० कुवेती दिनार खर्च भएको थियो। जसबाट २२०० कुवेती दिनार आयोजकलाई फाइदा भएको थियो भने केही दाताहरुबाट नेपाली रुपैया १ लाख ६० हजार १ सय १० प्राप्त भएको थियो। प्राप्त भएको मुनाफा ८ लाखभन्दा धरै रकम हुने र सम्पूर्ण मुनाफा बृद्धाश्रम निमार्णको लागि सहयोग गरिने आयोजकले जनाएको छ।

च्यारिटी शोमा अन्तिम समयमा केही अप्रिय घटनाले गर्दा अपेक्षति मुनाफा भएन। उक्त दिन आपसी झडपमा एक दर्शक गम्भीर घाइते भएका थिए। घाइतेको उपचारको लागि मेची-महाकाली बृद्धाश्रमले २०० केडी खर्च गर्नु परेको थियो।

दाताहरुबाट सहयोग रकम आइरहेको साथै केही बक्यौता रकम रहेकाले अझै यो रकममा थपघट हुन सक्ने समितिका अध्यक्ष धर्म राज गिरिले बताउनु भयो।

यो पनि पढ्नुहोस्:
कुवेतमा गायकद्वय राजेश र धीरजको सांगीतिक धमाका



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस