सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, ४ चैत्र। युवा निर्देशक लाकेन सावाको एकल निर्देशन रहेको लिम्बु जातिको सांस्कृतिक गीत पालामको भिडियो संग्रह फुङ्थाप्ला खेम्सिङ्लो बजारमा आएको छ।

धराने निर्देशक सावाको सातांै एकल एल्वकका रुपमा वजारमा आएकोे भिडियोमा धरानस्थित वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत डाक्टर एलिसा वनेम, सञ्जिता लिम्बु, स्थुङ्को लिम्बु र हर्क लिम्बु लगायतको अभिनय रहेको छ। भिडयोमा छथरे समाजका कलाकारहरुकले समेत अभिनय गरेका छन्।


तस्वीरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम

ताक्लुङ र फक्ताङलुङ बोलका गीतको भिडियो रहेको फुङ्थाप्ला खेम्सिङ्लोको धरानमा आयोजित एक कायक्रममा बरिष्ठ पत्रकार भवानी बराल, भिम ज्वाला राईले संयुक्त रुपमा लोकारपर्ण गरेका थिए। अम्बिका सम्बाहाङले लेखेका पालाम गीतमा थानहाङ लिम्बु र दिलु सुब्बाको स्वर छ। लिम्बु भाषा, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पालामलाई भिडियोका रुपमा तयार गरेको निर्देशक लोकेन सावाले बताए। डिभिडीको उत्पादन इना म्युजिक एण्ड भिडियो प्रोडक्सन प्रालिले र व्यवस्थापन सिल्भर इन्टरटेन्मेन्टले गरेको हो। पूर्वी नेपालको धरान भेडेटाहारसंगै छथर श्रेत्रमा छायाङ्कन गरिका भिडियोमा छायाङ्कन रोशन श्रेष्ठको रहेको छ भने सम्पादन टेकेन्द्र शाहले गरेका छन्।

एल्वमको लोकापर्णमा वरिष्ठ पत्रकार भवानी वरालले एल्लम सावाले हालसम्म गरेको भन्दा उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए। उनले एल्वम भाषा संस्कृतसगै ऐतिहासिक वनेको वताए। एक चलचित्र अजम्बरी हाम्रो माया सहित एकल निर्देशनमा ७ वटा विभिन्न एल्वम वजारमा ल्याइसकेका सावाले लगतै एक चलचित्रसंगै नेपालका सर्वोत्कृष्ट गायक राजेश पायल राईको स्वरमा रहेको आसेवारो एल्वमका ५्र लिम्बु गीतको भिडियोसमेत निर्देशन गर्ने सोही अवसरमा जानकारी दिए। सावाले यसअघि गायक राईसंगै नेपालका चर्चित गायक गायिकाहरुको स्वर रहको गीतको म्युजिक भिडियो निर्देशन गरिसकेका छन्।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस