एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ३ चैत। नइ प्रकाशनले समाजसेवी दम्पती रूपनारायण प्रसाई र धनमाया प्रसाईका सम्मानमा ‘नइ धनरूप पुरस्कार’को स्थापना गरेको छ।
बीस हजार रुपियाँ राशिको यो पुरस्कार काठमाडौं उपत्यका बाहिरका नेपाली भाषा साहित्यमा सेवारत साठी वर्ष ननाघेका एक जना स्रष्टालाई हरेक वर्ष प्रदान गरिनेछ।
यस प्रयोजनको अक्षयकोषका लागि इन्जिनियरद्वय दीपकराज प्रसाई र जुली प्रसाईले नइ प्रकाशनलाई तीन लाख रुपियाँ प्रदान गर्नुभएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जनाउनु भएको छ।
नइ प्रकाशन गुठीमा हाल १ करोड १५ लाख रूपियाँको अक्षयकोष रहेको छ। सोको व्याजबाट देशदेशान्तरका २५ जना प्रतिभालाई नइ प्रकाशनले हरेक वर्ष तीन चरण गरेर ११ लाख रूपियाँ राशिका पुरस्कार प्रदान गर्दै आइरहेको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b