प्रकाश थापा /एचकेनेपाल डट कम-
न्युयोर्क, अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको एकमात्र छाता संगठन अमेरिका नेपाल व्यवसायी संघ (यूएस नेपाल चेम्बर अफ कमर्स) ले एक अन्तर्क्रिया कार्यक्रमको सम्पन्न गरेको छ।

न्युयोर्कको रिजउडस्थित नेपाली इण्डियन रेष्टुरेण्टमा भएको व्यवसायीक अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव राजमान सिंह मल्ल, समाजकल्याण मन्त्रालयका सचिव दिनेश अधिकारी, संयुक्त राष्ट्रसंघका लागी नेपाली नियोग कार्यवाहक प्रमुख सेवा लम्साल, समाजकल्याण मन्त्रालयका पूर्व मन्त्री बद्रिप्रसाद न्यौपाने लगाएतको उपस्थिती रहेको थियो।

अन्तरक्रिया कार्यक्रममा समाजकल्याण मन्त्रालयका पूर्व मन्त्री बद्रिप्रसाद न्यौपानेले अमेरिकामा रहेका नेपाली ब्यबसायीलाई नेपालमा पनि आफनो सिप कौशललाई प्रयोग गर्नेका लागि अनुरोध गरे। मन्त्री न्यौपानेले नेपालमा लगानी भित्राउन समेत आग्राह गरेको र त्यसको लागि आफू हरदम साथमा रहेको बताउनुभयो।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्यालयका सचिब राजमान सिंह मल्लले अमेरिकामा रहेका नेपाली ब्यबसायीहरु सगंठित भएर अघि बढेकोमा खुशी ब्यक्त गर्दै अमेरिका नेपाल ब्यवसायी संघ ९यूएस नेपाल चेम्बर अफ कमर्स०ले गरेको कामहरुको प्रशंसा गर्नुभयो। त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै समाज कल्याण मन्त्रालयका सचिब दिनेश अधिकारीले प्रबिधीको बिकासले संसार सानो भएको बताउदै संसारको जुनसुकै स्थानमा बसेता पनि नेपाल र नेपालीको हितमा काम गर्न सकिने कुराको स्मरण गराउदै अमेरिकामा रहेको नेपालीहरुले नेपालमा लगानी गर्न खोज्नु सरहानिय भएको बताउनुभयो।

कार्यक्रममा सयुक्तराष्ट्र सघंका लागि नेपाली नियोगका कार्यवाहक प्रमुख सेवा लम्सालले अमेरिकामा रहेका नेपालीहरुवाट आफूले सोचे भन्दा पनि बढि सहयोग पाएको बताउदै अमेरिकामा रहेका ब्यवसायीहरुसंग आफू सधै सहयोगी भएर अघि बढ्ने बताउनुभयो।

मेरिल्याण्ड तथा पेन्सिलभेनियाका लागि महावाणिज्यदूत तथा सघंका सल्लाहकार प्रेमराजा महतले आफू यो संघ स्थापनाको कालदेखि सक्रिय रहेको बताउनुभयो। यो नेपाली व्यवसायीहरुको एकमात्र छाता संगठन हो भन्दै म महावाणिज्यदूत भएकाले यहांका नेपाली व्यापारी, व्यवसायीलाई परेको मर्काको, उनीहरुको हकहितका बारेमा सहयोग गर्नु मेरो कर्तव्य हो र उहांहरुले जसरी संस्थाको निर्माण गर्नु भयो त्यसले म अत्यन्त हषिर्त छु भन्नुभयो।

कार्यक्रममा ब्यवसायीहरुको तर्फबाट बोल्दै अमेरिका नेपाल ब्यबसायी सघंका उपाध्यक्ष सानुवाबु सिलवालले यूएस नेपाल चेम्बर अफ कमर्स एउटा बिशुद्ध रुपमा कहि कतै नलागेको अमेरिकामा ब्यबसाय गर्ने नेपालीहरुको छाता सस्था रहेकोले यसले नेपालीहरुको आर्थिक बिकास गर्ने, टेवा समेत दिने यसले सम्पूर्ण व्यापारी, व्यवसायीलाई एकजुट बनाउने छ। यसले यहां नेपालीले गरेको लगानीको लेखाजोखा गर्ने छ र यसले संगठित भएर व्यापारीको हकहितको लागि आवाज उठाउने छ भन्नुभयो। यूएस नेपाल चेम्बर अफ कमर्सले गरेका काम तथा आगामी दिनका योजनाको बारेमा प्रष्ट पार्नुभएको थियो। उपाध्यक्ष सिलवालले आफूहरुले अमेरिकामा रहेका ब्यवसायीहरुको तथ्यांक समेत निर्माण गर्न लागेको जानकारी दिनुभयो।

न्युयोर्कमा रहेका नेपाली ब्यवसायीहरु, पत्रकार तथा नेपाल मिसनका सदस्यहरु सहभागी रहेको कार्यक्रममा अमेरिका नेपाल ब्यबसायी सघंका केन्द्रिय सदस्य बेद प्रसाद खरेलले स्वागत मन्तब्य राख्नुभएको थियो भने सचिव प्रकाश थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा अमेरिका नेपाल ब्यबसायी सघंका केन्द्रिय सदस्य केदार श्रेष्ठले सहभागी अतिथिहरुलाई खादा लगाएर स्वागत गर्नुभएको थियो।

३१ स्टेटमा रहेका करीब ३०० जना ब्यबसायीहरुको एक्येबद्धता रहेको सो संस्थालाई अमेरिकाको वासिङटनडिसिस्थित नेपाली दूतावासले अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको छाता संगठनका रुपमा आधिकारिक मान्यता प्रदान गरेको छ। र नेपाल चेम्बर अफ कमर्सले यूएस नेपाल चेम्बर अफ कमर्सलाई काठमाडौंमा कार्यालय समेत प्रदान गरेको छ।

कार्यक्रमका सभापति तथा सघंका अध्यक्ष मोहन ज्ञवालीले संस्था मार्फत अमेरिकाको बिभिन्न स्टेटमा रहेका ब्यवसायीहरुलाई एकजुट गर्दै सम्पूर्ण ब्यासायीलाई एउटै छाताभित्र राखेर नेपालमा लगानी गर्नका लागि पनि पहल गरिने, जसले अमेरिकामा व्यापार गरेको छ त्यसलाई संरक्षण गर्ने र जसले व्यापार गरेको छैन त्यसलार्इ व्यापार गर्न प्रोत्साहन गर्ने छौ भन्दै सबै व्यापारी, व्यवसायीहरु एक जुट भएर यस संघमा लाग्न आव्हान गर्नुभयो।

सो अवसरमा अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले अमेरिकामा रहेका नेपाली ब्यबसायीहरुलाई लगानी गर्न आग्राह गर्नुका साथै असंगठित रुपमा रहेका नेपाली व्यापार , व्यवसायीहरुलाई एउटा छाता मुनि ल्याएर उनीहरुको हक अधिकारका लागी ठोस प्रभावकारी कदम चाल्न नेपाल सरकारका सहसचिब उपेन्द्र प्रसाद अधिकारी, ब्यबसायी नबिन शेरचन, कानुन ब्यबसायी तथा अमेरिका नेपाल ब्यबसायी सघंका सल्लाहकार खगेन्द्र जिसी, कानुन ब्यबसायी बिनोद रोका , बुद्धिजीबी डा तारा निरौला, रिजउड नेपाली सोसाइटीका उपाध्यक्ष रबिकिरण कोइराला, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुन्दर दाहाल लगायतका ब्यक्तिहरुले मन्तब्य राखनु भएको थियो।

प्रकाश थापा
सचिव
यूएस नेपाल चेम्बर अफ कमर्स



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस