Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

दलहरु निर्दलीय अभ्यासको अबाञ्छित दलदलमा

लोकनारायण सुवेदी
निकै नाटकीय कसरतकासाथ अन्तरिम संविधान बिपरीत जान बिवश भएका तीन दल र मधेशी मोर्चाले बाधा अड्काउ फुकाउको प्राबधानलाई जथाभावी किसिमले संबिधान संशोधनको प्रावधानमा परिणत गरी अन्तरिम संविधानका २५ वटा प्रावधान संशोधन गरे पछि अन्ततः महेन्द्रपथमा देलाई धकेल्न सहमत भएका छन् र निर्दलीय सरकार बनाउनुलाई ठूलो उपलब्धी भएको ढोल पिट्दै आत्मघाती अभ्यासमा लागेका छन्।

वास्तवमा देश र जनतालाई दाउमा राखेर आदर्शच्यूत, औसरबादी र घोर सत्तामुखी राजनीति अबलम्बन गरेपछि जस्तोसुकै अलोकतान्त्रिक र निर्बस्त्र अभ्यास पनि अस्वीकार्य नहुने रहेछ भन्ने कुराको पुष्टी तीन दल–एकीकृत माओवादी, नेपाली काग्रेस, एमाले र मधेशी मोर्चाले राम्रोसँ गरिदिएका छन् । राष्ट्रिय मुद्दामा आपसमा मिल्न नसक्ने र एकले अर्काेलाई एकदमै बिश्वास गर्न नसक्ने दलहरु बिभिन्न शक्ति केन्द्रहरुको जोडघटाऊको आधारमा चोचोमोचो मिलाउन बिवश भएको देखिएको छ । तुलनात्मकरुमा ती दलहरुको यस सम्वन्धि भूमिका कम बेसी होला तर चरम सत्तालिप्साले मुलुकको राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, जनताको एकता, दलीय आन्दोनलको इतिहास, गणतन्त्रात्मक लोकतन्त्र तथा यसलाई संस्थागत गर्न आफैले बनाएको अन्तरिम संविधान र जनताको ज्वलन्त समस्या कुनै कुराको पनि पटक्कै पर्वाह गर्दोरहेनछ र ती सबै कुराको धज्जी उडाइदो रहेछ भन्ने यथार्थलाई समेत तीन दल र मधेशी मोर्चाको पछिल्लो निर्णय र कदमले एकदमै प्रष्ट पारिदिएको छ।

वास्तवमा जुन पृष्ठभूमिमा यो तीन दल र मधेशी मोर्चा यस्तो निर्दलीय सरकार बनाउन पुगेका हुन् त्यसले पनि बिगतदेखिनै संविधान सभाबाट संविधान बन्न नदिने, देशलाई अराजकताकै भुँवरीमा अल्मल्याइराख्ने र पाली जनताको संयुक्त आन्दोलनको मर्म र भावना, आधारभूत लोकतान्त्रिक मूल्य र मान्यता तथा आपैmले बनाएको अन्तरिम संविधानको दिशानिर्देश बिपरीत जान पनि कुनै धक नमान्ने अबाञ्छित अभ्यासकै यो क्रमागत श्रृंखला भएको प्रष्ट हुन्छ । यसप्रकार मुलुकलाई एकपछि अको अन्यौलको अँध्यारोमा घिस्याउदै परनिर्भर राजनीतिलाई पछ््याउने अमान्य बाटोमा केही दलहरु लागेको खुलस्त भइरहेको छ । नेपाली जन अन्दोनलको सात दशक लामो इतिहासपछि त्यसमा पनि २०६२÷६३ सालको ब्यापक संयुक्त जन आन्दोलनले राजतन्त्रलाई अन्त्य गरिसकेको अबस्थामा पनि दलीय सत्व गुम्ने यस्तो बिडम्बनापूर्ण स्थिति बिकसित हुनु दलीय ब्यवस्थामा बिश्वास गर्नेहरुका लागि अत्यन्तै पीडादायक कुरा हो।

वास्तुतः आजको यस सन्देहास्पद र बिवादास्पद स्थिति बिकासबाट जन आन्दोलनद्वारा बिस्थापित प्रतिगामी शक्तिहरु, तिनलाई आडभरोसा दिने र तिनमार्फत नेपाली राजनीतिमा चलखेल गर्ने बाह्य प्रतिकृयावादी शक्तिहरु तथा नेपाललाई हर हमेशा कमजोर र निरीह राखेर आफ्नो संकीर्ण स्वार्थ साधना गर्न अभ्यस्त तत्वहरु बाहेक कोही पनि खुशी छैनन् । पछिल्लो जन आन्दोलनपछि समेत नेपाली जनताको परिवर्तनप्रतिको उत्कट चाहना र उत्साहमाथि जसरी पानी खन्याउने काम गरियो र जनतालाई हिजोकै निर्दलीय ब्यवस्थामा जस्तै तृण बराबर पनि नगन्ने प्रबृत्तिलाई नै निरन्तर पुनराबृत्ति गरियो त्यसले गर्दा जनता निराश हुनपुग्नु अस्वभाविकि थिएन र होइन । त्यसमाथि आफुलाई परिवर्तनको अब्बल दर्जाको सम्बाहक मान्ने र ठान्ने मूख्य दलहरुको चिन्तन, चरित्र र ब्यवहारमा अकल्पनीय स्खलन र चर्तिकाला देखेर र त नेपाली जनता अत्यन्तै हतप्रभ क्रुद्ध हुँदै आएका हुन्।

जनता र राष्ट्रलाई दीनहीन अबस्थामा राखेर पनि बाह्य समर्थन र सहयोगको आधारमा बिलाशीता र बैभको राजनीति गर्ने जुन गलत सामन्ती परिपाटी नेपाली राजनीतिमा रहँदै आएको हो त्यसै परिपाटीलाई दलीय राजनीतिक पद्धतिमा पनि प्रत्यक्ष परोक्षरुपमा अँगाल्दै जाने प्रतिस्पद्र्धा चलाइयो । यसरी जनताको शक्तिभन्दा सत्ताको शक्तिलाई नै सर्बोपरी मानियो र त्यसको लागि मरिहत्ते गर्दै र देश तथा जनताका हित बिपरीत जस्तोसुकै अपबित्र र बिजातीय मोर्चाबन्दी र साँठगाँठलाई पनि मान्य ठहर गर्दै त्यस्ता गलत प्रबृत्तिलाई निषेध नगर्नुलाई असली लोकतान्त्रिक अभ्यासकोे संज्ञा दिन थालियो । जबकि अलोकतान्त्रिक पद्धति, प्रकृया, परम्परा र परिपाटीलाई निषेध गर्नु र लोकतन्त्रको जगलाई राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपले नै सबल तुल्याउन अग्रसर हुन लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शको अपरिहार्य तत्व र सम्वल हो । तर यस कुरालाई निरपेक्ष निषेधसँग जोडेर अपब्याख्या गरियो र कसैलाई पनि निषेध नगर्ने भन्ने राजनीतिक बुद्धिबिलास गर्न थालियो । वास्तवमा यो सत्तालिप्सा र औसरबादलाई एकसाथ मलजल गर्ने घातक र असाध्य ब्याधी रोग जस्तै कुरा थियो र हो।

यस्तो रोगी मानसिकताले गर्दा आजको राजनीति बिचलनकारी गलत बाटोमा गयो । वास्तवमा अहिले बहालवाला प्रधान न्यायाधीशलाई जुन प्रधानमन्त्री बनाइएको छ उनी कोप्रति उत्तरदायी छन् त्यो कुरा पनि सुस्पष्ट छैन । ब्यवस्थापिका संसदप्रति उत्तरदायी हुन त्यो संस्था नै छैन । उनी राष्ट्रपतिप्रति उत्तरदायी रहेका छन् भन्ने पनि कतै खुले खुलाइएको छैन । दलहरु प्रति उनी उत्तरदायी हुन नसक्ने कुरा त राजनीतिक संयन्त्रले संबैधानिकता नपाएकैबाट प्रष्ट भइसकेको छ । यसरी कसैप्रति पनि उत्तरदायी हुनुपनपर्ने स्थिति भनेको जानेर नजानेर तानाशाही स्थितिको द्योतक हो भनिदा अत्युक्ति हुने छैन । यस्तो स्थितिले बिधिको शासनलाई बलियो बनाउदैन । बरु थप कमजोर तुल्याउँदछ र सरकार केवल एउटा प्रशासनिक इकाईमा परिणत हुन पुग्दछ।

निश्चय नै यस्तो दुर्बल राष्ट्रिय स्थितिमा राजनीतिक, आर्थिक, समाजिक सबै प्रकारका अराजकता सम्हाल्न नसक्ने स्तरमा बढ्ने खतराको सम्भावना पनि त्यत्तिकै रहन्छ । अनि यस स्थितिमा बिदेशी चलखेलको आधार पनि अझ ब्यापक बनेर जान्छ । जुन नेपालको आजको स्थितिले धान्न सक्ने कुरा बिल्कुलै होइन । तर अहिलेका दृष्य परिदृष्यहरुले यसै अबाञ्छित दिशामा देश घचेटिदै गएको दृष्टिगोचर हुन्छ । यथार्थतः असफल राष्ट्रमा पणित गर्ने दुश्चक्रमा देशलाई नराम्रोसँग फँसाइएको प्रतीत हुदैछ । यस दुश्चक्रबाट बाहिर निस्कन नेपाली जनता पहिले कहिल्यैभन्दा बढी सचेत, संगठित र संघर्षशील हुनुपर्ने अत्यन्तै संबेदनशील अबस्थाको सिर्जना हुन पुगेको छ।

संविधान सभावाट नेपाली जनताले देशको सार्वभौमिक अखण्डतालाई अक्षुण्ण राख्न र आफ्नो हक अधिकार सुरक्षित तुल्याउन जुन अभ्यास गर्ने औसर २०६२/६३ सालको ऐतहिासिक संयुक्त जन आन्दोनलपछि पाएका थिए बिभिन्न षडयन्त्रका कारण त्यसलाई खण्डित तुल्याइपछि उत्पन्न अहिलेको स्थिति अत्यन्तै असहज र अप्ठ्यारो छ । यसलाई सही र सहज बाटोमा मोड्नका निमित्त फेरि पनि नेपाली जनताको सचेत, एकता र राष्ट्रिय आन्दोलन आजको अपरिहार्य आवश्यता बन्न गएको छ । यसको लागि बिगतको समीक्षा गर्दै र गम्भीर त्रुटी र कमजोरीहरुलाई केलाउँदै नेपाली जनताको ब्यापक एकताको माध्यमबाट राष्ट्रिय एकतालाई खँदिलो र सबल बनाउन तथा राष्ट्रियता र राष्ट्रिय सार्बभौकितालाई सुदृढ तुल्याउन सकिन्छ र नेपाली जनताका बीच पारस्परिक समानता, सद्भाव र समुन्नति स्थापना गर्ने गरी संविधान निर्माण गर्न सकिन्छ त्यसतर्पm अग्रसर हुन जन आन्दोलनकारी दलहरुका बीचबाट राष्ट्रिय सहमतिको सरकार गठन र त्यसबाट संविधान सभाको निर्वाचन र संविधान निर्माण आजको अपरिहार्य कुरा हुन् । अन्यथा दलहरु निर्दलीय दलदलमा फस्ने र राष्ट्रकमजोर भएर जाने बाहेक अरु केही हात लाग्दैन।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by