एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १ चैत्र। विद्यालय शिक्षाको अन्तिम खुड्किलो मानिने एसएलसी परीक्षा विहीवारदेखि सुरू भएको छ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस पटक १ हजार ७ सय ८६ परीक्षा केन्द्रबाट नियमित तर्फ ४ लाख ३० हजार ९७ र एक्जाम्पम्टेडतर्फ १ लाख १७ हजार ६८ गरी ५ लाख ४७ हजार एकसय ६५ विद्यार्थीले परीक्षा दिदै छन्।

परीक्षाको पहिलो दिन विहीवार परीक्षार्थीहरूले अनिवार्य अंग्रेजीको परीक्षा दिँदैछन्। विहान ८ बजेदेखि सुरू भएको परीक्षा ११ बजेसम्म सञ्चालन हुनेछ। चैत्र १ देखि सुरू भएको परीक्षा चैत्र ९ गतेसम्म सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन विशेष व्यवस्था गरिएको कार्यालयले जनाएको छ। परीक्षामा चिट चोर्ने र चोर्न सघाउनेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

SLC exam

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस