रेग्मीद्वारा प्रधानमन्त्रीको सपथ ग्रहण, दुई मन्त्रीले पनि सपथ लिए
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १ चैत्र। प्रधानन्यायाधीश खिलराज रेग्मीले विहीवार विहान प्रधानमन्त्रीको सपथ ग्रहण गरेका छन्।

रेग्मीले शितल निवासमा आयोजित समरोहमा राष्ट्रपति रामवरण यादवबाट चुनावी मन्त्रिपरिषद्को अध्यक्षको रुपमा पद तथा गोपनियताको सपथ लिएका हुन्। त्यसैगरी, सोही समारोहमा मन्त्रिपरिषद्का दुई सदस्यहरु पूर्व मुख्य सचिव माधवप्रसाद घिमिरे र पूर्व सचिव हरिप्रसाद न्यौपाने सपथ लिएका छन्। घिमिरेलाई गृह र परराष्ट्र तथा न्यौपानेलाई कानुन न्याय एंव श्रम मन्त्रीको जिम्मेवारी दिइएको छ।

राजनीतिक सहमतिमा हस्ताक्षर, प्रधानन्यायाधीशले सपथ लिदै
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १ चैत्र। मुख्य चार राजनीतिक दलका शीर्ष नेताहरुले २५ बुँदे बाधा अड्काउ फुकाउ र ११ बुँदे राजनीतिक सहमतिमा हस्ताक्षर गरेका छन्। अबेर राति सहमतिमा हस्ताक्षर भएपछि प्रधानन्यायाधीश खिलराज रेग्मीले प्रधानमन्त्रीको रुपमा विहीवार विहान ९ बजे राष्ट्रपति भवनमा सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।

वहालवाला प्रधानन्यायाधीलाई प्रधानमन्त्री बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिटको पूर्ण इजलासमा सुनुवाई हुनुअघि नै सपथ ग्रहण गर्ने तयारी भएको हो। अदालतमा परेको रिटको बिहीबारदेखि नै पूर्ण सुनुवाई हुँदैछ। प्रधानमन्त्रीको सपथ ग्रहण सुनुवाई हुनुएक घण्टाअघि नैसम्पन्न गर्ने तयारी भइरहेको छ।

मध्यराति भएको सहमतिमा साना दलका केही मन्त्रीहरुलेअसहमति र विरोध जनाउदै वहिष्कारसमेत गरेका छन्। बहिष्कार गर्ने मन्त्रीहरुमा एकनाथ ढकाल, यदुवंश झा र केशवमान शाक्य रहेका छन्।

Video:



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


khil raj regmi

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस