सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, ३० फागुन। आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष राजकुमार लेखीले मुलुकका ठूला चार दलले मुलुकलाई निरकुशतातर्फ धकेल्ने षड्यन्त्र गरिरहेका आरोप लगाउदै यसका विरुद्ध हतियार उठाउने चेतावनी दिएका छन्।

अध्यक्ष लेखीले चार दलको प्राइभेट लिमिटेडले मुलुकको ६० बर्षको उपलब्धी ध्वस्त बनाउन खोजेको आरोप लगाउदै बुधवार धरानमा भएको पत्रकार सम्मेलनमा सो चेतावनी दिएका हुन्। लेखीले चारदलले मुलुकको संघीय गणतन्त्र, पहिचानसहितको संघीयता र जातीय पहिचान लगायतका मुद्दालाई ओझेलमा पार्दै संविधानसभाको चुनावलाई तुहाउने षड्यन्त्र गरेका कारण अब नेपाली जनता चुप नलाग्ने र आन्दोलनमार्फत हतियार उठाउने चेतावनी दिएका हुन्। अध्यक्ष लेखीले मुलुक गम्भीर अवस्थामा पुगेको बताउंदै संघीयता चाहने दलहरुसंग सहकार्य गरेर आन्दोलन थाल्ने र चार दलको सिण्डिकेटलाई ध्वस्त बनाउने चेतावनी दिए।

अध्यक्ष लेखीले प्रधानन्यायाधीश खिलाराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउन चार दल कम्मर कसेर लागेको बताउंदै रेग्मीको नेतृत्वमा सरकार बने आफूहरुलाई मान्य नहुने र न्यायापालिका र कार्यपालिका एकै व्यक्तिले सम्हाले त्यसले निरकुंशता जन्माउने बताए। अध्यक्ष लेखीले चाडै नै अन्य दलसंग सहकार्य गरेर मुलुका आन्दोल्नको आँधीबेहरी ल्याउने चेतावनी समेत दिए।

धरान ७ स्थित एम्बास्टर होटलमा भएको सो पत्रकार भेटघाट कार्यक्रममा आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष सुजेन्द्र तामाङ, सचिव गजेन्द्र मुखिया, किरात याक्थु« चुम्लुङकी केन्द्रीय उपाध्यक्ष दुर्गामाया वनेम, पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरे, नेपाल रेडक्रस सोसाइटीका संयोजक उमेश थापा लगायतको उपस्थिति थियो।

भिडियोः सन्तोष काफ्ले / एचकेनेपाल डट कम



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस