नटराजमा पनि आर्थिक चलखेल
भोटिंगको नतिजाको लागि मात्र २० हजार मागे मकालु टिभीका केशव सापकोटाले
सन्तोष काफ्ले /एचकेनेपाल डट कम-
धरान ३० फागुन। गरिमा डान्स सेन्टरको आयोजनामा भएको कोशी अञ्चल स्तरिय नटराज प्रतियोगितामा समेत उपाधिको लागि आयोजकले ३ लाख ५० हजार मागेको खुलासा भएको छ। नटराजको फाइनलिष्ट तथा टप ५ मा पुगेकी भोजपुरकी ओषिन राईका अभिभावकसंग आयोजक समितिकी अञ्जु राईले उपाधिको लागि ३ लाख ५० हजार मागेको समेत तथ्य सार्वजनिक भएको हो।
ओषिनकी आमा लक्ष्मी राईले सञ्चारकर्मीसंग भनिन- ‘मलाई अञ्जुले उपाधिको लागि फोनमार्फत ३ लाख ५० हजार मागिन् तर मैले अस्वीकार गरें।’ भोजपुरको वासीखोरा गाविसस्थित विद्याधरी प्राविमा कार्यरत उनले आफूसग भोटिंगको लागि आयोजकलाई ४० हजार दिएको जानकारी दिइन्। उनले अञ्जु आफ्नी छोरीलाई नृत्य प्रशिक्षण दिने गरेकोले भोटिंगको लागि आफूले रकम दिएको खुलासा गरिन्।
मकालु टिभीका सापकोटाले समेत आफूसगै भोट कति आयो फाइनल कार्यक्रमको ३० मिनेट अगाडी भन्छु भन्दै २० हजार मागेको वताइन्। उसले सुरुमा भोट आफै गर्नू भनेको र पछि उसैले रकम मागेपछि आफूले शंका लागेर रकम दिन्छु भनेर सेमी फाइनलको अन्तिम चरणमा पहिलो हुने को भोट कति आएको छ भनेर सोधेको र सापकोटाले १० हजार भएको वताएको र पुन अञ्जुले भने ४ हजार मात्र भएको भनेपछि आफूलाई शंका लागेर आफू पछि हटेको दावी गरिन्।
सापकोटाले आफूलाई धरान १२ स्थित एक्सन टाइम्स पत्रिकाको कार्यालयमा वोलाएर वार्गेनिंग गरेको स्पष्ट पारिन्। धरानस्थित विजयपुर उमाविमा कक्षा ८ मा अध्ययनरत ओषिनका बाबु हाल कोरियामा रहेका छन्। यता गरिमा डान्स सेन्टरकी लेखा प्रमुख सञ्जु राईले भने रकम मागेको अस्वीकार गरिन्। उनले आफूहरुले कोहीसगै उपाधि तथा भोटिंगको लागि रकम नमागेको दावी गरिन्।
धरान २५ स्थित सदनमा भएको नटराजमा भने धरानकी पूजा लिम्बु पहिलो भएकी थिइन् भने दोस्रो मोरंग लक्षिम मार्गकी समिक्षा बस्नेत र तेस्रो विराटनगरकी न्यान्सी खड्का भएकी थिइन्। सेन्टरले यस अघि अघिल्लो वर्ष आयोजना गरेको धरान स्तरिय नटराज प्रतियोगिता समेत निर्णायकको निर्णय विपरित भोटिंगको आधारमा भन्दै विजेता घोषणा गरेपछि विवाद भएको थियो। तत्तकालिन समयमा टिकट धेरै विक्री गरेका आधारमा विजेता घोषणा गरेको भन्दै सहभागीहरुले आपत्ति जनाएका थिए। सेन्टरले आफ्नो सेन्टरले ३ गरिमा कला उत्सवको आयोजना गरिको थियो।
धरान १५ स्थित सदन स्कुलमा भएको कार्यक्रमको पहिलो दिन आधुनिक गजल साझ दोस्रो दिन २६ गते नटराजको फाइनल र तस्रो दिन २७ गते मितासी स्वरमणीको फाइनल कार्यक्रम गरेको थियो। दुवै कार्यक्रमको प्रत्यक्ष प्रसारण मकालु टिभीले गरेको थियो। दुवै कार्यक्रममा स्पास्स नेपालसगै भोटिंग सहकार्य गरिएको थियो।
सेन्टरकै आयोजनामा भएको पूर्वाञ्चल व्यापी स्वरमणीमा आर्थिक चलखेल भएको सार्वजनिक भए लगतै नटराजमा समेत आर्थिक चलखेल भएको सार्वजनिक भएको हो। स्वरमणी तथा नटराज पीडितहरुले आफूसंग रकम लिएर भोट समेत नगरेका, प्रतिभा लाई पैसामा दाज्न खोजेका भन्दै आफ्नो रकम फिर्ता हुनु पर्ने माग गरेका छन्। साथै उनीहरुले सेन्टरले पाना नम्बर समेत नलिएको र भ्याटमा पनि दर्ता नभई टिभी रियालीटी सो कार्यक्रम गरेर र राजस्व छलि गरेको भन्दै उजुरी समेत हाल्ने चेतावनी दिएका छन्।
कार्यक्रमको फाइनलमा निर्णायक समेत नराखेको र विजेता लगायतका सहभागीहरुको कति भोट आयो भन्ने समेत सार्वजनिक नगरेको पीडितहरुले जानकारी दिएका छन्। त्यसो त त सेन्टरले आर्थिक चलखेल नभएको दावी गर्दै गरेको पत्रकार सम्मेलनमा समेत कसले कति भोट ल्याएको भनेर आयोजकले सार्वजनिक गर्न सकेन। यता गरिमा डान्स सेन्टरका प्रवन्ध निर्देशक मणिकुमार लिम्बुले समेत आफ्नो सेन्टरले पाना नम्बर नलिएको तथा भ्याटमा समेत दर्ता नभएको स्वीकार गरेका छन्।
आर्थिक चलखेल नभएको आयोजकको दाबी
मितासी स्वरमणीमा पैसाको चलखेलको आक्षेप लागेको अयोजक गरिमा डान्स सेन्टर धरानले कोही पनि प्रतियोगीहरुसँग रकम नमागेको जनाएको छ। धरानमा पत्रकार सम्मेलन गर्दै खोटांगका प्रतियोगी अमर चाम्लिंगले लगाएको आरोप निराधार भएको वताएका हुन्।
खोटागका प्रतियोगी अमरले पत्रकार सम्मेलन गर्दै आफूलाई विजेता बनाउने नाममा तीन लाख मागेको आरोप लगाएका थिए। तर, आयोजकले त्यसको विरोधमा बुधवार पत्रकार सम्मेलन गरी आरोप निराधार भएको जनाएको हो। संस्थाका प्रवन्ध निर्देशक मणीकुमार लिम्बूले कोही व्यक्तिले पनि पैसा नमागेको बरु उल्टै विजेता बनाइदिन भन्दै एक लाख रकम दिने भनिएको वताए।
संस्थालाई बदनाम गर्ने उद्देश्यले उसले पत्रकार सम्मेलन गरेको समेत स्पष्ट पारेको छ। मकालु टेलिभिजन र गरिमा डान्स सेन्टरको संयुक्त आयोजनामा भएको पूर्वाञ्चल स्तरीय मितासी स्वरमणीको फाइनल फागुन २७ गते राति अवेर सकिएको थियो। तर उनले विजेताहरुले कतिकति भोट ल्याए त्यो भने वताएनन्। उनले सम्मेलनमा भने र्– तपाइहरुलाई चाहिन्छ भने कार्यालयमा आउनुहोस्।’
यसअघि तीन वर्ष लगातार धरान नटराज प्रतियोगिता गर्देै आएको सेन्टर पान ता भ्याटमा समेत दर्ता नभएको उनले सम्मेलनमा स्वीकार गरिसकेका छन्। सञ्चारकर्मीले सेन्टर दर्ताको विषयमा प्रश्न गर्दा उनले भर्ने अरुले पनि पान र भ्याटमा दर्ता नै नगरी कार्यक्रम गरिहेका छन् हाम्रो मात्र किन चाहियो?’ साथै उनले आफूहरु दर्ताको प्रक्रियामा रहेको समेत वताए।
यो पनि पढ्नुहोस्-
उपाधि जित्न, आयोजकले पैसा मागे
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b