एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ३० फागुन। नेपालमा सेवाको लागि सहयोगी हातहरु नामक संस्थाले अनाथ, असहाय, असक्त बालबालिकाहरुलाई प्रेम र सहयोग गरौं उनीहरुको भविष्य सुनिश्चित गरौं भन्ने नारासहित देशव्यापी पैदलयात्रा सुरु गरेको छ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संस्थाले यात्राको शुभारम्भ गरेको हो। पैदल यात्रामा ४ जना बालबालिका र संस्थाका २ जना पदाधिकारीहरु रहने छन्। यात्राको पहिलो चरणमा धादिङ, नुवाकोट, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, वाग्लुङलगायतका जिल्लाहरुको यात्रा गरिने संस्थाका अध्यक्ष भगत खत्रीले जानकारी दिए।

दोस्रो चरणको यात्रामा मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल रहने र तेस्रो चरणमा मध्यमाञ्चलको बाँकी जिल्लाहरु र पूर्वाञ्चलको यात्रा तय गरिने छ। पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खत्रीले भने–मुलुक भरमा रहेका अनाथ, असहाय, अशक्त बालबालिकाहरुको खोज अध्ययन अनुसन्धान उनीहरुलाई शिक्षा, स्वास्थ्य, आश्रय तथा पोषणका लागि सुविधासम्पन्न बालगृहको निर्माण गर्नु पैदलयात्राको मुख्य उद्देश्य हो।

संस्थाकी सदस्य सुशिला शाहीले यात्रालाई प्रायोजन गरिए उद्देश्य पुरा हुने भन्दै आईएनजीओ र ब्यापारिक घरानालाई पूण्य उद्देश्यको लागि खुलेर अघि आउन आब्हान गरिन्।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.