एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ३० फागुन। राष्ट्रिय मृर्गौला उपचार केन्द्र बनस्थलीले मृगौला दिवसको अवसर पारेर चैत्र १ गतेबाट विपन्न वर्गका मृगौला रोगीहरुलाई निःशुल्क डाईलाइसिस सेवा उपलब्ध गराउने भएको छ।
विश्व मृगौैला दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय मृर्गौला उपचार केन्द्रले दिनप्रतिदिन बढ्दै गएका मृर्गौला रोगीहरुको अवस्थालाई मध्यनजर गरी उक्त सेवा उपलब्ध गराउने घोषणा गरेको हो। बुधवार रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तत्र्रिmया कार्यक्रममा गत वर्ष केन्द्रले ३६ हजार ५ सय सेसन डाइलाइसिस गरेकोमा आगामी वर्षदेखि वर्षको ४० हजार मृगौला रोगीहरुको निःशुल्क डाइलाइसिस गर्ने योजना रहेको जानकारी दिईएको थियो।
कार्यक्रममा बोल्दै राष्ट्रिय मृर्गौला उपचार केन्द्रका अध्यक्ष कृष्णप्रसाद आचार्यले स्थापनाकालदेखि नै मृर्गौला रोगीहरुको सर्वसुलभ तरिकाबाट उपचार गर्दै आएको केन्द्रले अब आप्mनै भवन निर्माण गरेर अत्याधुनिक तरिकाबाट स्तरिय सेवा दिने बताए।
केन्द्रका कार्यकारी निर्देशक ऋषिकुमार काफ्लेले हेल्थ केयर फाउण्डेशन नेपाल नामक गैर सरकारी संस्थाले सञ्चालन गरेको राष्ट्रिय मिर्गौला उपचार केन्द्रले ५ वटा मेसिनबाट डाइलाइसिस सुरु गरेकोमा हाल ४० वटा मेसिनबाट दिनको १ सय जनाको डाइलाइसिस गरिरहेको जानकारी दिए। काप्mलेले भने– डाइलाइसिस गर्न मासिक ३५ हजार खर्च लाग्ने उपचार जो कोहीले गर्न नसक्ने भएकाले मिर्गौला रोगीको संख्या घटाउन वर्षमा एक पटक रगतमा देखिने क्रियाटिनिन र पिसावमा प्रोटिन जचाउनु पर्छ।
मिर्गौला पीडित सोनाम लामा (साथी) ले आफूले पाएको दुःख अरुले नपाउन भन्नका लागि समय समयमा रगत र पिसाव जचाउन आग्रह गरे।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b