Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

नेपाल प्यालेस्टाइनसंग ०- २ गोलले पराजित

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २५ फाल्गुन । एएफसी च्यालेञ्ज कपको उद्‌घाटन खेलमा विहीवार दशरथ रंगशालामा सम्पन्न प्रतियोगितामा नेपाल प्यालेष्टायनसंग ०- २ गोलले पराजित भएको छ।

प्यालेस्टाइनले नेपालविरूद्ध ३ मिनेटमा पहिलो गोल गरेको थियो भने दोश्रो गोल ६५औं मिनेटमा गरेको थियो।

नेपाल रातो जर्सीमा र प्यालेस्टाइन सेतो जर्सीमा खेल मैदानमा उत्रेका थिए।

नेपाली खेलाडीहरुमा किरण लिम्बु चेम्जोङ गोलरक्षक,सागर थापा,रोहित चन्द, सन्दीप राई, विराज महर्जन,रविन श्रेष्ठ, निराजन खड्का, राजु तामाङ, भरत खवास, जुमनु राई र अनिल गुरुङ थिए।

सबै तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by