सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, २९ माघ। शारीरिक रुपमा भिन्न क्षमता भएका (अपाङ्ग) हरुको क्षमताको तथा उनिहरुको प्रतिभा प्रस्फोटन गर्ने उद्देश्यले धरानमा पूर्वाञ्चलमै पहिलो पटक इन्द्र बराह ज्वेलरी राष्ट्रिय ह्विल चियर बास्केटबल प्रतियागिता हुने भएको छ।
आयोजक संस्था अपांग पुनस्र्थापना तथा असहाय केन्द्र धरानले आज धरानमा पत्रकार सम्मेलनको आयोजना गरी आगमी चैत्र २२ र २३ गते धरान १९ स्थित हरियाली सामुदायिक भवन उपभोक्ता समितिको बास्केटबल कोर्टमा पुरुष तथा महिला अपांग खेलाडीहरु सहभागी राष्ट्रिय हिवलचियर बास्केटबल प्रतियोगता हुने जानकारी दिएको हो।
तस्वीरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम
आयोजक समितिका संयोजक शितलकुमार तुलाधारले शारीरिक रुपमा् भिन्न क्षमता भएका (अपांगता)हरुमा शारीरिक, सामाजिक तथा मानसिक अवसथाको विकास गर्ने उद्देश्यले यस पूर्वाञ्चलमै पहिलो पटक आयोजना गर्न लागिएको बताउनुभयो।
उहाँले प्रतियोगितामा राष्ट्रिय टिमका पुरुषतर्फ ६ टिम र महिलातर्फ ३ टिम सहभागी हुने जानकारी दिनुभयो। पुरुषतर्फ धरान समूह, ह्विल चियर स्पोर्टस समूह काठमाडौ, नेपाल जोरपाटी समूह काठमाडौ, नेपाल आमी ‘क’, नेपाल आर्मी ‘ख’ र पोखरा समूहको सहभागी हुने छ भने महिलातर्फ महिला ह्विल चियर स्पोर्टस समूह काठमाडौ, जोरपार्टी महिला समूह र धरान महिला समूहको सहभागि रहने आयाजकले जानकारी दिएको छ।
विजेता तथा उपविजेता टिम महिला र पुरुष दुवैलाई नगद र प्रमाणपत्र शिल्ड प्रदान गरिने समेत आयोजकले जनाएको छ। नकआउटको आधारमा खेलाइने सो प्रतियोगिताको कूल लागत ७ लाख ७७ हजार रहेको छ भने यसको मुख्य प्रायोजन बराह ज्वेलरी इण्डिष्ट्रिज प्रालि रहेको छ। यस्तै यस खेलको विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले धरान नगरपालिका, नेपाल अपांग महासंघ, सेन्चुरी कर्मिसियल बैंक, नेवा च्यारिटी धरान लगायत एक दर्जन संघ संस्थाले सहयोग पु¥याएका छन्।
मुख्य प्रयोजक रहेको बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिका धरान शाखा प्रवधन्धक मानवहादुर दियालीले व्यापारसंगै सामाजिक कार्यमा समेत अगाडि बढेको बराहले अपांगको वृत्ति विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले बराहका अध्यक्ष स्व. इन्द्रकुमार लामिछानेको स्मृतिमा एक लाख रुपैया सहयोग गरिएको बताउनुभयो।
यस्तै, नेपाल बास्केट बलका केन्द्रीय सदस्य सुरज लामाले समेत पूर्वाञ्चलमै पहिलोपटक त्यसमा पनि भिन्न प्रकारको प्रतियोगिता सञ्चालन गर्न लागेको प्रति खुशी व्यक्त गर्नुभयो। उहाँले सवांलगले खेल्ने बास्केटबल र अपांगले खेल्ने बास्केट बल एउटै प्रकारको भएपनि ह्विल चियर मात्र फरक देखिने अन्य सबै एउटै नियम लागू हुने बताउनुभयो।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b