एचकेनेपाल डट कम संवाददाता-
पोखरा, २९ फागुन। डिफेण्डीङ च्याम्पियन स्याङजा जिल्लाले पश्चिमाञ्चल स्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधि जितेको छ।
पोखरा रंगशालामा मंगलबार सम्पन्न भएको फाईनल खेलमा स्याङजाले बाग्लुङलाई २५–२०,२५–२१,२५–१३ को सोझो सेटमा पराजित गर्दै उपाधि सहित नगद ५० हजार पायो। उपविजेता भएको बाग्लुङले भने ३० हजारको साथमा ट्रफि मेडल प्रमाणपत्र पायो।
तेश्रो स्थानको लागि भएको प्रतिष्पर्धामा पर्वतले कास्कीलाई २५–१३,२५–२२ र २६–२४ को सोझो सेटमा परािजत गरेको हो । तेश्रो भएको पर्वतले १५ हजार पुरस्कार पायो । यस अघि भएको पहिलो सेमिफाईनल खेलमा बाग्लुङले कास्कीलाई र अर्को खेलमा स्याङजाले पर्वतलाई पराजित गर्दै फाईनलमा यात्रा बनाएका थिए।
तस्वीरः उमेश पुन / एचकेनेपाल डट कम
नेपाल गणतान्त्रिक खेलकुद महासंघ कास्की र राष्ट्रिय युवा जनस्वयमसेवक कास्कीको संयुक्त आयोजनामा फागुन २७ देखि सुरु भएको उक्त प्रतियोगितामा १० टिमको सहभागिता रहेको राष्ट्रिय युवा जनस्वयमसेवक कास्कीका अध्यक्ष मेखबहादुर विक (पाहाड) ले बताए । प्रतियोगितामा कास्की, तनहुँ, नवलपरासि, रुपन्देहि, पाल्पा, स्याङजा, गुल्मी, पर्वत, बाग्लुङ, म्याग्दीका गरी १० टिमको सहभागिता रहेको थियो।
विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष जयन्द्रबहादुर चन्द, नेकपा–माआबोदी कास्की ईन्चार्ज सावित्रि दुरा, स्थानीय श्रृंगा यातयात व्यावसायी समितिका अध्यक्ष केदार पौडेल, सशस्त्र प्रहरीवल कालिका गणका गणपति शम्भु उप्रेति, जनस्वयमसेवका केन्द्रीय सदस्य दिपक पन्त, महासंघका सुवर्ण श्रेष्ठ, मनिराम पौडेल, ऋषिसरा थापा, सहयोगदाता देवकुमार नेपाली लगायतले पुरस्कार वितरण गरेका थिए।
स्वास्थ्यको लागि खेलकुद, राष्टको लागि खेलकुद भन्ने मुल नाराका साथ पोखरामा संचालन भएको उक्त प्रतियोगिता सम्पन्न गर्न ५ लाख ७८ हजार खर्च लाग्ने महासंघ कास्कीका अध्यक्ष भईराम पुन (सागर) ले बताए । खेलकुदको विकास नै राष्ट्रको पहिचान हो भन्ने हेतुका साथ सवैको लागि खेलकुदमा बैज्ञानिक नयाँ संरचना र आमुल परिवर्तन हुनु पर्द उद्धेश्यले गणतान्त्रीक खेलकुद महासंघले विगतका बर्ष देखि विभिन्न खेलहरु आयोजना गर्दै आएको महासंघले जनाएको छ । राष्ट्रिय युवा जनस्वयमसेवक कास्कीका अध्यक्ष मेखबहादुर विक (पाहाड) को अध्यक्षतामा उक्त प्रतियोगिता सम्पन्न भएको थियो। निर्मल सुनार, दशरथ सुनार, सोम विक, अम्मर प्रताप लगायले प्रथम पुरस्कार प्रायोजन गरेको महासंघ तवुमान राज्य समितिका सचिव जनक महताराले बताए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b